भैरहवामा आयो पैँचोको उत्पादन

१२ चैत, भैरहवा । पैँचो पसल प्रालिले आफ्नो उत्पादनहरु भैरहवामा सार्वजनिक गर्दै विक्री कक्ष सञ्चालनमा ल्याएको छ । पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले स्थापित पैचो पसलले भैरहवामा आफ्नो उत्पादन सार्वजनिक गर्दै वितरक कक्ष सञ्चालनमा ल्याएको हो ।

प्रालिे शनिवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी पैँचोको उत्पादनको लागि भैरहवाको देवकोटा चोक स्थित बुद्ध किराना स्टोर अधिकारिक विक्रेता रहेको जनाएको छ ।

परम्परामा सिमित भइसकेको वस्तु विनिमय प्रथालाई आधार बनाएर पहाडी ग्रामीण क्षेत्रका कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउने र उपयुक्त बजार प्रवर्द्धर्न गर्ने लक्ष्यका साथ भैरहवामा वितरण कक्ष स्थापना गरिएको प्रबन्ध निर्देशक “ुव न्यौपानेले बताए ।

‘बसे पनि शहर, गाउँकै खाने रहर’ भन्ने मूल नाराका साथ एक वर्ष अघि गुल्मीमा स्थापना भएको पैचो पसल प्रालिका सबै उत्पादनहरु स्वास्थ्यलाई लभादायक रहेको प्रालिको दावी छ ।

प्रालिले कोदोको पिठो, सिन्की, मस्यौरा, चुक, दाल, मकैको आटो, अचार, टोमेटो केचअप, जाम, जुस लगायत विभिन्न २७ प्रकारका उत्पादनहरु बजारमा ल्याइएको र थप ४० प्रकारका विभिन्न उत्पादनहरु बजारमा ल्याउने तयारी भइरहेको प्रबन्धक निर्देशक न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार