विनायक स्कुले गरे ताइवानी स्वयंसेवकहरुलाई विदाइ

भक्तपुर । विनायक शिक्षा निकेतन स्कुल, मध्यपुर ठिमी, भक्तपुरले अन्तराष्ट्रिय भाषा र संस्कृति Exchange गर्ने लक्ष्य अनुसार हरेक बर्ष झै यस बर्ष पनि स्कुलमा चाइनिज भाषाकाे कक्षा सञ्चालन गरेकाे छ ।

यसका लागि १४ जना ताइवानीहरूले चाइनिज भाषा र संस्कृतिबारे विनायकका विद्यार्थीहरूलार्इ सिकाएका थिए । विगत १ महिनादेखि चाइनिज भाषा र संस्कृति सिकाउँदै आएका उनिहरूलार्इ एक कार्यक्रमका बीच विनायक स्कुलले बिदाइ गरेकाे छ ।

विद्यार्थीहरुले विभिन्न गीत–नृत्य र साँस्कृतिक कार्यक्रम र बाँसुरी वादन गरेको उक्त कार्यक्रममा ताइवानी स्वयंमसेवकहरुले पनि आफ्नो संस्कृति झल्कने गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले साँस्कृति आदान–प्रदानले विद्यार्थीको प्रतिभा अझ प्रष्फुटन हुने तथा नेपाल ताइवान सम्बन्ध अझ प्रगाड हुने विचार व्यक्त गर्नुभयो ।

स्मरण रहोस विनायकले विगत ४ बर्षदेखि चाइनिज भाषा, ताइवानीहरुको भाषा तथा साँस्कृतिक टोलिलाई स्कुलमा निम्ताएर यस्ताे कार्यक्रमकाे निरन्तरता दिंदै विद्यार्थीहरुलाई अन्तराष्ट्रिय भाषा सम्बन्धी ज्ञान प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार