प्रचण्डको दाबीः अबको चुनावमा एमाले नराम्रोसँग हार्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको चुनावमा एमालेले नराम्रो हार

२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको चुनावमा एमालेले नराम्रो हार व्यहोर्ने दाबी गरेका छन् ।

माओवादी केन्द्र, ललितपुर महानगरको सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले चुनावमा जान कांग्रेस र एमालेसँग एजेण्डा नै भएको बताए । ‘गिरिजाबाबुले मेची महाकाली अभियान चलाउनु भयो, कांग्रेस नराम्रोसँग हार्‍यो । हामीले पनि अभियान चलायौं, हार्‍यौं’ प्रचण्डले भने, ‘अहिले एमालेले मेची महाकाली अभियान चलाएको छ । नराम्रोसँग हार्ने उही हो ।’

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आफ्नो पार्टी एजेण्डा भएको भन्दै उनले माओवादीले नजिते यो उपलब्ध धरापमा पर्ने बताए ।

प्रचण्डले राजतन्त्र र गणतन्त्रको फरक जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशन समेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार