निर्वाचनको तयारी अन्तिम चरणमा

टुरिजमन्युज, ५ बैशाख । निर्वाचनको मिति नजिकिदैं जाँदा निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ७१ जिल्लाका लागि मतपत्र प्रकाशन गरिसकेको आयोगले अबको दुइदिनमा सबै जिल्लाका लागि मतपत्र प्रकाशन सकिने निर्वाचन आयोगले जनाएको छ । केहि दिनमै सबै प्रकाशन सकिने जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त अहोधिप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले मतदाता नामावलीको प्रकाशन ६७ जिल्लाको सकिएको र मतदाता परिचयपत्र पनि ६० जिल्लाको सकिएको जानकारी दिनुभएको छ ।
देशभर सबै जिल्लामा मुख्य निर्वाचन अधिकारीको कार्यालय खोलिसकिएको र निर्वाचन शिक्षा कार्यकर्ता गाउँ–गाउँमा पुगेर मतदाता शिक्षा कार्यक्रम सुरु गरिसकेका छन् । प्रमुख आयुक्त यादवले मतपत्र, मतदाता परिचयपत्र, मतदाता नामावली लगायतका सामग्री छाप्ने काम र प्याकिङ समेत भइरहेकाले रहेको र अब मुख्य निर्वाचन अधिकारीको संरक्षणमा रहने गरी जिल्ला पठाउन सुरु गरिने प्रमुख आयुक्तले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार