सोलुखुम्बु जिल्ला कांग्रेसको किल्ला – पूर्वमन्त्री तथा सांसद केसी

बलबहादुर केसी र सोलुखुम्बु एकअर्काका पयार्य हुन । ६ वटा मन्त्रालय सम्हाली सक्नुभएका पूर्वमन्त्री तथा सांसद बलबहादुर केसी २०२७ सालदेखि विद्यार्थी राजनीति हुदै २०३९ र त्यसयता केन्द्रीय सदस्य रहदै आउनुभएको छ । २०४८ को आम निवार्चनमा भारी मतले विजयी केसी पहिलो संविधानसभाको निवार्चन बाहेक सबै निवार्चनमा विजयी हुदै आउनु भएको छ । चुनावको लामो अनुभव बटुलेका र पार्टीको नेतृत्व धेरै समयदेखि सम्हाल्दैं आउनुभएका पूर्वमन्त्री तथा जिल्लाका सांसद ‹नेपाली काग्रेस› बलबहादुर केसीले स्थानीय तहको चुनावमा जनताले चुनेका उम्मेद्वारलाई नै पार्टीले टिकट दिने बताउनुभयो । चुनावी सरगर्मीलाई लिएर टुरिज्मन्यूज अनलाई डटकमले गरेको कुराकानीको बिस्तृत अंश –

 

 

निर्धारित मितिमा चुनाव हुन्छ ?

लामो समयसम्म स्थानीय तहको निवार्चन हुन सकेको छैन । आजको आवश्यता भनेको चाँहि निवार्चन हुनुपर्छ र संविधान कार्यान्वयन हुनका लागि पनि निवार्चन हुनुपर्छ । त्यसमा पनि निवार्चनको हकमा नेपाली कांग्रेसले संविधान पनि दियो आफ्नो नेतृत्वमा र नेपाली कांग्रेसकै सरकारको समिकरणमा जो महत्वपूर्ण अशं चाही अब कार्यान्वनको जिम्मेवारी पनि नेपाली कांग्रेसकै मुख्य हात हो भन्ने मलाई लाग्छ । तर अहिले जुन किसिमको राजनीतिक माहोल विकसित भइराखेको छ यो अतिवादी धारणाले यसलाई प्रभाव पार्ने हो की एकातिर एमाले संविधानको डट र कमा पनि परिवर्तन गर्न हुदैन संशोधन गर्न हुदैन, अहिले आवश्यता भनेको निवार्चन भनेर अव्यबहारिक अतिबादी दृष्टिकोण बनाई राखेको छ भने अर्को मधेसवादी मोर्चा उसका मागहरु सम्बोधन भएन भने अब हामी निवार्चनमा जादैनौ भनेर अडान लिएर बसेको छ । यो दुईटालाई संगै नराखेर संगसंगै हिड्न सकेन भने देश विखण्डनमा जान्छ । त्यो विखण्डनमा जान मौका दिनुहुदैन र अहिलेको सरकारको मुख्य दायित्व चाहीं समन्वयकारी भूमिका निवार्ह गरेर निवार्चन सम्पन्न गराउनुपर्छ र अहिलेको आवश्यकता हो ।

निवार्चन हुने आधारहरु के के हुन सक्छन त ?

पहिलो कारण त के हो भने सबै पार्टीहरुले ज–जसले संविधान हिजो मिलेर दिए ती पार्टीहरुले त्यो संविधान कार्यन्वयन गर्नुपर्छ । संविधान बनाउने मात्र हैन कार्यान्वयन गर्ने हाम्रो जिम्मेवारी हो भनेर पहिलो सोच्नुपर्यो नम्बर वान । हिजो जसले संविधान बनाउनेमा भाग लिएनन् विरोध गरे तिनको उचित मागलाई पनि सम्बोधन गर्नुपर्यो नम्बर दुई । नम्बर तीन लामो समयसम्म निवार्चन नभएर जनप्रतिनिधी विहिन गाउँपालिकाहरु छन् स्थानीय निकाय कर्मचारीहरुले चलाए । सर्वदलीयका नाममा धेरै अनियमिता र भष्टचारका कामहरु भए यी सबै कुराको अन्त्य गर्न पनि चुनावमा जानुपर्छ ।

जिल्लाको चुनावी माहोललाई कसरी लिनुभएको छ ?

सोलुखुम्बु जिल्ला भनेको कांग्रेसको किल्ला हो २०४८ सालदेखि नेपाली कांग्रेसले २०६४ को प्राविधिक कारणले लुज गर्यो, होईन भने ४ वटै निवार्चन नेपाली कांग्रेसले जितेको छ र धेरै कामहरु नेपाली कांग्रेसले जिल्लामा गरेको छ । विद्युत, शिक्षा, पर्यटन, सञ्चारको काम नेपाली कांग्रेसले गरेर जिल्लालाई आमूल परिर्वतन गराएको छ । त्यसकारण नगरपालिका सहित ७ वटै गाउँपालिकामा नै नेपाली कांग्रेसले जित्छ । त्यो के हो भने नेपाली कांग्रेसभित्र जुन विवाद छ त्यसलाई एकतामा परिवर्तन गर्न सक्नुपर्छ । नेताले पत्याएको मात्र हैन जनताले पत्याएको मान्छे पनि हुनुपर्यो निवार्चन जित्नलाई । अलिकति व्यबस्थापन गर्न सक्नुपर्यो पार्टीले । हामीले जातीय सन्तुलन पनि मिलाउनु छ ।  त्यसकारण एक भएर गयौं भने नगरपालिका सहित सबै गाउँपालिकाको चुनाव जित्छ भन्ने चाही मलाई लाग्छ ।

टिकट वितरण प्रणाली कस्तो हुन्छ ? एकातिर जनताले रुचाएको नेता र अर्कातिर पार्टीले रुचाएको नेता । कस्ले टिकट पाउने सम्भावना छ ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले एउटा निणर्य गरेको छ । गाउँ ईकाईले सिफारिस गर्ने त्यहा नै सहमति भएमा त्यसैलाई मान्ने, त्यहाँबाट मिलेन भने जिल्ला कार्यसमितिमा पठाउने । ईनकेस त्यहा पनि मिलेन भने एउटा समिति बनाइदिएको छ । पार्टी सभापति केन्द्रीय सदस्य माननीय र प्रतिस्पर्धा गरेको सभापतिलाई राखेर निणर्य गर्ने । त्यो निणर्य केन्द्रिीय समितिका सदस्यहरुले सही गरेर टुङग्याउछन ।

लामो समयपछि पहिला स्थानीय निकाय अहिले स्थानीय तहको निवार्चन हुन लागिरहेको छ । यसमा तात्विक भिन्नता के छ ?

ठूलो फरक छ किनभने हिजो चाही केन्द्रिकृत शासन प्रणाली अन्तरगत स्थानीय निकाय थियो अब स्थानीय तहको निवार्चनमा संविधानले के व्यबस्था गरेको छ भने केन्द्र प्रान्त र स्थानीय सम्पूर्ण सिहंदरबारको अधिकार चाही गाउँपालिकामा पुगेको छ । जनजाति, महिला, दलित, पिछडिएका क्षेत्र सबैलाई सम्बोधन गरेर अधिकार गाउँमा गएको छ । समस्या र निणर्य गर्ने अधिकार गाउँपालिकालाई नै दिएकोले ठूलो अन्तर छ ।

स्थानीय तहको निवार्चनका बारेमा जनताले कतिको बझेका छन् र बुझाउन कांग्रेसले केहि भूमिकाहरु निवार्ह गरे ?

वास्तवमा नै स्थानीय तहकोमा चाहि के के छ भन्ने कुरा धेरैलाई पूर्ण जानकारी छैन । त्यसैले कार्यकर्ता, शुभचिन्तक, जनता मतदाताहरुलाई प्रशिक्षण गर्नुपर्छ । केही कार्यक्रमहरु गाँउ–गाउँमा हुन थालेका छन, भईरहेका पनि छन तर अझै पनि जति हुनुपर्ने र जुन रुपमा बुझाउनुपर्ने हो त्यो चाँहि हुन सकेको छैन । अब यो निर्वाचनकै माध्यमबाट त्यो कुरालाई स्पष्ट पार्नुपर्छ र जनताहरुलाई जानकारी गराउनुपर्छ ।

एकातिर जनताले राम्ररी बुझेका छैनन र बुझाउन बृहत कार्यक्रमहरु पनि भएको छैन । चुनावी नतिजा कस्तो होला भन्ने अपेक्षा गर्नुभएको छ ?

पहिलो कुरा निवार्चनका लागि सरकारले राजनीतिक बाताबरण बनाउन सक्छ की सक्दैन, असन्तुष्ट दलहरुलाई सहमति गराउन सक्छन की सक्दैनन, प्रश्न चिन्ह नै छ । सधैभरी जनप्रतिनिधी विहिन गाउँलाई बनाउन हुदैन । अघि नै मैले भने संविधानको कार्यन्वयनको प्रश्न छ । त्यस कारणले अब हामीले चाही निश्चय रुपमा राजनीतिक माहोल बनाउनुपर्छ । जनतालाई कन्भिन्स पनि गर्नुपर्छ । यो गर्नका लागी दुई तरिका छ एउटा परफेक्ट पारेर चुनावमा लानेकी चुनावमा लगेर परफेक्ट बनाउने । अहिलेको हाम्रो आबश्यता चाही प्राक्टिकल्ली चुनावमा गईसकेपछि चाहि अनि परफेक्ट हुन्छ । परफेक्ट कहिले हुने भन्नेको सीमा पनि हुदैन । त्यसकारणले अहिले चाहि प्राक्टिकल्ली चुनावमा अघि बढेपछी त्यसले चाहि मान्छेलाई परफेक्ट बनाउँछ ।

तपाई पूर्वमन्त्री, जिल्लाको सांसद पनि हुनुहुन्छ । स्थानीय तहको चुनाव भईरहदा तपाईको भूमिका के हुन्छ र कहा देख्न सक्छौ तपाईलाई हामी ?

मेरो दुई तीन वटा भूमिका हुनसक्छ । एउटा सोलु जिल्लाको प्रत्यक्ष निवार्चित सदस्य जनताले चुनेर पठाको माननीय भएकाले म सम्पूर्ण सोलुबासीको माननीय हुँ । मेरो चाही निष्पक्ष स्वतन्त्र निवार्चन हुनुपर्छ भन्ने र यो संविधान कार्यान्वयन गर्नुपर्छ, किन भने संविधानमा हस्ताक्षर गर्ने एउटा व्यक्ति म पनि हुँ ६०१ मा । एउटा भूमिका त्यहा रह्यो । त्यति मात्र हैन म केन्द्रीय सदस्य पनि हुँ नेपाली कांग्रेसको । बहुदलीय व्यबस्थामा आफ्नो पार्टीलाई चुनाव जिताउनका निम्ती त मेरो भूमिका रहने भयो । चुनाव हुदा पद्दतिलाई नखलबलाईकन निष्पक्ष र स्वतन्त्र रुपमा चुनाव हुनुपर्छ भन्ने नम्बर दुई । नम्बर तीन के छ भने मैले भन्नैपर्छ अहिले जनतालाई अपिल गर्नुपर्ने कुरा नेपाली काग्रेसलाई चुनाव जिताउनुस । किन चुनाव जिताउनुस भन्दा यो विकासको जो गति अघि बढिरहेको छ त्यसले पूर्णता पाईसकेको छैन । त्यसकारणले जसले काम शुरु गर्यो त्यसलाई अन्त्य गर्ने जिम्मेवारी दिनुस । जनताले जनप्रतिनीधि चुनेपछि त्यही ठाउँमा बसेर काम गर्नुपर्छ । हारेपनि जितेपनि लोकतन्त्रमा भाग लिएपछि जित हार रहन्छ । तर जित्ने मात्तिएर जनताले दिएको भोटको महत्व नबुझिकन जिल्ला छोडेर हिड्ने हारे भनेर निराश भएर जिल्ला छोडेर हिड्ने ती दुईटै अतिबादी हुन । त्यस कारण के छ भन्दा खेरी त्यस्तो पार्टी र त्यस्ता नेताहरु सोलुका जनताले चिन्नुपर्छ । नम्बर तीन हाम्रो गाउँघरमा सबैले थाहा पाएको विषय के हो भने २५ बर्षसम्म खेती गर्ने त्यहा केही उव्जनी नै भएन जहिले पनि मेहनत गर्यो परिश्रम गर्यो तर खेती केही भएन त्यस्तोलाई मत दिनुभन्दा त जानेर अलिकति फल्छ खान पुग्छ जोतखन पनि राम्रै गर्न सकिन्छ त्यस्तो पार्टीलाई जनताले भोट दिनुपर्यो नि । त्यस कारण सोलुबासी मतदातालाई म के अपिल गर्न चाहान्छु भनेदेखी यो कुरालाई ख्याल गरेर सिंगो सोलु एक हुनुपर्छ । आर्थिक समृद्धिमा फड्को मार्नुपर्छ सडक पूर्वधारहरु बनेका छन हाईड्रोको यत्रो ठूलो विकास भएको छ हिमालको रोयल्टी नेपाली काँग्रेसको सरकार हुदा स्पेसल्ली म आफै पर्यटन मन्त्री हुँदाखेरि शुरुवात नै मैले गरे । सोलुको भविश्य उज्वल छ र यो काम पूरा गर्नका निम्ति सोलुका जनताले नेपाली कांग्रेसलाई नै चुनाव जिताउनुपर्छ । मेरो भूमिका त्यसैमा रहन्छ ।

अन्त्यमा चुनावी सरगर्मी दिनानुदिन बढ्दै छ । सोलुका जनता र आफ्ना कार्यकर्तालाई के भन्नुहुन्छ ?

नेपाली कांग्रेसको ईतिहास जनताको चाहना र विकास यी सबै कुरालाई हामीले सम्झेर आफुलाई केन्द्रमा राख्ने होईन पार्टी र देशका निम्ती जनताका निम्ति हामी सवै लाग्नुपर्छ र एकताका साथ निवार्चनमा जानुपर्छ भन्ने मेरो सम्पूर्ण कार्यकर्ता र शुभचिन्तकलाई अपिल गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार