मेसीको दुई गोलमा बार्सा बिजयी

एजेन्सी, ३ बैशाख । स्पेनिस ला लिगा फुटबलको शनिबार राति भएको खेलमा दुई चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडले जित हात पारेका छन् । रियलले रेलिगेसन क्षेत्रमा रहेको स्पोर्टिङ गिजोनलाई ३–२ गोलले हरायो भने बार्साले पनि रियल सोसिएडाडलाई ३—२ गोलले नै पाखा लगायो । स्पोर्टिङ गिजोनको घरेलु मैदानमा भएको खेलमा रियलले आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र गारेथ बेल तथा पहिलो रोजाइका गोलरक्षक केलर नाभासलाई आराम दिएको थियो ।
आगामी आइतबार हुने बार्साविरुद्धको ‘एल क्लासिको’ भिडन्तका लागि रियलका प्रशिक्षक जिनेदिन जिदानले पहिलो रोजाइका केही प्रभावशाली खेलाडीलाई आराम दिएका हुन् । स्टार खेलाडीको अनुपस्थितिमा रियलको जितमा इस्को नायक बने । अन्तिम समयमा निर्णायक गोल गर्दै टोलीलाई महŒवपूर्ण तीन अंक दिलाएका इस्कोले पहिलो हाफको १७औं मिनेटमा पहिलो गोल गरेका थिए ।
यसैगरी रियलका लागि अल्भारो मोराटाले पनि एक गोल गरे । स्पोर्टिङका लागि भने डुजे कोप र मिकेल भेस्गाले एकएक गोल गरेका थिए । खेलमा सुरुआती अग्रता भने रेलिगेसनबाट जोडिन संघर्षरत स्पोर्टिङ गिजोनले १४औं मिनेटमा डुजे कोपको गोलबाट लिएको थियो । त्यसको तीन मिनेटपछि नै इस्कोले रियलका लागि बराबरी गोल फर्काएका थिए ।
पहिलो हाफमा १–१ को बराबरीमा सकिएको उक्त खेलको ५०औं मिनेटमा भेस्गाले गोल गर्दै पुनः स्पोर्टिङ गिजोनलाई अग्रता दिलाएका थिए । तर, खेलको ५९औं मिनेटमा मोराटाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको अन्तिम समयमा इस्को चम्किएका हुन् । उनले निर्धारित समयको अन्तिम समयमा मार्सेलोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई महŒवपूर्ण जित दिलाए ।
यसैगरी साविक विजेता बार्साले पनि महŒवपूर्ण तीन अंक हात पा¥यो । घरेलु मैदानमा बार्साका लागि अर्जेन्टिनी स्टार लियोनल मेसीले दुई र फ्रान्सिस्को अल्कासेरले एक गोल गरे । रियल सोसिएडाडका लागि जाभियर प्रिएटोले एक गोल गरे भने एक गोल बार्साका सामुएल उम्टिटीबाट आत्मघाती रूपमा भएको थियो । खेलको १७औं मिनेटमा मेसीको गोलबाट बार्साले सुरुआती अग्रता लिएको थियो ।
यसैगरी ३७औं मिनेटमा मेसीले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । तर, खेलको ४२औं मिनेटमा बार्साका उम्टिटीबाट आत्मघाती गोल भएपछि खेल २–१ को स्थितिमा पुगेको थियो । त्यसको दुई मिनेटपछि बार्साका अल्कासेरले गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए । तर, त्यो अग्रता धेरै बेर टिक्न सकेन । पहिलो हाफको इन्जुरी समयमा रियल सोसिएडाडका प्रिएटोले गोल गरेपछि बार्साले पहिलो हाफमा ३–२ को अग्रता बनायो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल बार्सा विजयी भयो ।
एट्लेटिको म्याड्रिडले पनि ओसासुनालाई ३–० गोलले हरायो । एथलेटिको बिल्बाओले लस पाल्मासमाथि ५–० गोलको फराकिलो जित निकाल्यो । डेपोर्टिभो ला करुनाले मालागालाई २–० ले स्तब्ध बनायो । जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको बार्साले शीर्ष स्थानमा आसीन रियलमाथि दबाब कायमै राखेको छ । शीर्ष स्थानको रियलको ३१ खेलबाट ७५ अंक छ । रियलभन्दा एक खेल बढी खेलेको बार्सा तीन अंकले पछाडि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार