दुधकौशिका र सोताङमा कांगे्रसका आकांक्षी धेरै सबैको नाम जिल्ला समितिमा सिफारिस

टुरिजमन्युज, ५ बैशाख । सोताङ गाउँपालिकामा प्रमुखका लागि नेपाली कांग्रेसवाट आधादर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । नेपाली कांग्रेसबाट प्रमुखमा  गणेशबहादुर बस्नेत, बलबहादुर गुरुङ,  दिपक खड्का, ईन्द्र राई, बिजय नाछिरिङ, सरला नाछिरिङ, भलाकाजी भुजेल र दिपक राई आकांक्षी रहेका छन् । उपप्रमुखमा पाँच जना आकांक्षी छन् । उप–प्रमुखमा उम्मेदवार दाबी गर्नेहरुमा भगवती बस्नेत, द्वारिका बस्नेत, अन्जु राई, नन्दकुमारी राई र बिमला गुरुङ रहेका छन् । उम्मेदवार छनौटका लागि बसेको बैठकमा प्रमुख तथा उपप्रमुखमा आकांक्षी धेरै भएपछि गाउँपलिकामा सहमति हुन नसक्दा जिल्ला समितिलाई छनौटका लागि सिफारिस गरिएको छ ।
टुरिजमन्युज ५ बैशाख । दुधकौशिका गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसवाट झन्डै एक दर्जन आकांक्षी देखिएकाछन् । कांग्रेसको दुधकौशिका गाउँपालिकाले प्रमुखका आकांक्षी सबैको नाम जिल्ला समिति समक्ष सिफारिस गरेको छ । आकांक्षीहरुमा वीरबहादुर गुरुङ, बलबहादुर बस्नेत, हुत्तराज बस्नेत, कुशराज राई, नविन थापा, अश्विनबाबु थापा, ल्हाक्पा तामाङ, कान्तिराज थुलुङ, जयप्रसाद राई र कृष्ण निरौलाले प्रमुखमा आकांक्षा देखाएका छन् । उपप्रमुखमा प्रमिला राई र सबिता राईको नाम पनि जिल्ला समितिसमक्ष सिफारिस गरिएको कांग्रेस श्रोतले जानकारी दिएको छ ।
सोताङ गाउँपालिकामा प्रमुखका लागि नेपाली कांग्रेसवाट आधादर्जनभन्दा बढी आकांक्षि देखिएका छन् । नेपाली कांग्रेसबाट प्रमुखमा  गणेशबहादुर बस्नेत, बलबहादुर गुरुङ,  दिपक खड्का, ईन्द्र राई, बिजय नाछिरिङ, सरला नाछिरिङ, भलाकाजी भुजेल र दिपक राई आकांक्षि रहेका छन् । उपप्रमुखमा पाँच जना आकांक्षि छन् । उप–प्रमुखमा उम्मेदवार दाबी गर्नेहरुमा भगवती बस्नेत, द्वारिका बस्नेत, अन्जु राई, नन्दकुमारी राई र बिमला गुरुङ रहेका छन् । उम्मेदवार छनौटका लागि बसेको बैठकमा प्रमुख तथा उपप्रमुखमा आकांक्षी धेरै भएपछि गाउँपलिकामा सहमति हुन नसक्दा जिल्ला समितिलाई छनौटका लागि सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार