प्रहरीद्वारा जीवनराम श्रेष्ठलाई ओलम्पिक कमिटीको ब्यानर प्रयोगमा रोक

टुरिजम, ४ बैशाख । प्रहरीले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको चियापान समारोहमा ओलम्पिक कमिटीको ब्यानर प्रयोगमा रोक लगाउँदैं हस्तक्षेप गरेको छ । नेपाल ओलम्पिक कमिटीको लामो समयदेखि जारी बिबादको पछिल्लो संस्करणको रुपमा प्रहरीले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको चियापान समारोहमा ब्यानर प्रयोग गर्न दिएर रोक लगाएको हो । तिनकुनेस्थित रोयल ब्यांक्वेटमा आयोजित चियापान समारोहमा नयाँ बानेश्वर बृतबाट खटिएको प्रहरी टोलीले आधिकारिकताको मुद्दा उठाउँदै कार्यक्रममा ओलम्पिक कमिटीको ब्यानर प्रयोग गर्न रोक लगाएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले ओलम्पिक कमिटीको ब्यानर दुरुपयोग भएकाले हस्तक्षेप गरिएको जनाए । जीवनराम श्रेष्ठले मान्यता प्राप्त आफू नेतृत्वको ओलम्पिक कमिटीको कार्यक्रम बिथोल्ने प्रयास भएको प्रतिकृया दिएका छन् । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै आफ्नो कमिटी बैधानिक रहेको उनको दाबी छ । २०६७ मा सर्बोच्च अदालतले रुक्म शमशेर राणा नेतृत्वको ओलम्पिक कमिटीलाई बैधानिकता दिएपनि ध्रुवबहादुर प्रधान नेतृत्वको ओलम्पिक कमिटीले अन्तराष्ट्रिय मान्यता पाएपछि उसले नै नेपाली खेलाडी पठाउँदै आएको थियो ।

गत वर्ष दुबै पक्ष मिलेर साधारण सभा गरेसँगै ओलम्पिक विवाद समाप्त भएको मानिएको थियो । तर, पछिल्लो पटक सर्वोच्चले आफ्नो फैसला कार्यान्वयन गर्न गृह मन्त्रालयको नाममा परमादेश जारी गरेसंगै विवाद बल्झिएको छ । राणा समूहले प्रहरीको बलमा ओलम्पिक कमिटीको कार्यालय कब्जा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार