तिङलालीले चुनावमा भाग नलिने ।

टुरिजमन्युज, ६ बैशाख । स्थानीय तहको पुर्नसंरचनालाई लिएर आन्दोलन गर्दै आएका सोलुखुम्बुका तिङलाबासीले आफुहरुको माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने निणर्य गरेका छन् । चुनाव लक्षित कुनै पनि गतिविधीमा आफुहरु संलग्न नहुने र तिङलामा त्यस्ता खालका कार्यक्रमहरु हुन नदिने निणर्य गरिएको सघर्ष समितिका संयोजक बालकुमार कार्कीले जानकारी दिनुभयो । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि जिल्लामा उम्मेद्वार छनौटको काम भईरहेका छन । नेचा सल्यान गाउँपालिकामा पुगेर सेवा लिन दुरीका हिसावले निकै टाढा र अपायक भएको भन्दै करिव एक महिनादेखि तिङलाबासीले आन्दोलन गर्दै आएका छन । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा नारा जुलुस, सोलु काठमाण्डौ सडक ठप्प, सिठ्ठी जुलुस, लगायतका विरोधका कार्यक्रमहरु गरेपनि माग सुनुवाई नभएपछि थप कार्यक्रमहरु सार्वजानिक गरिएको संयोजक कार्कीले बताउनुभयो । स्वायत क्षेत्र या नगरपालिकामा आफुहरुलाई समावेश गर्नुपर्ने उनीहरुको माग छ । नेचा सल्यान गाउपालिकामा साविकको नेचा बेतघारी, नेचाबतासे, सल्यान र तिङला गाविस रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार