तोकिएकै मितिमा चुनाव गर्न ५ दल सहमत

टुरिजमन्युज, ६ बैशाख । निर्वाचनको मिति नजिकिंदैं गर्दा प्रमुख पाँच दल स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्न सहमत भएका छन् । बैशाख ३१ मै चुनाव हुने नहुने भन्ने दलहरुबीचको मतभेदले अन्योलताको शंका बढ्दै गर्दा पाँच दल चुनाव गर्न सहमत भएका हुन् । मधेसी मोर्चाले चुनावमा भाग लिंदा एक चरणमा गर्ने कि दुई चरणमा गर्ने भन्ने भिन्न मत देखिएको छ ।
मधेसी मोर्चाले संविधान संशोधन अस्वीकार गर्दै चुनाव विथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच दलको बैठक बोलाउनुभएको थियो । बैठकमा प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउनुभएको थिए । प्रधानमन्त्री दाहालले बैशाख ३१ मा हुने चुनाव कुनैपनि हालतमा नसर्ने बताउनुभयो । मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्न सकिने पनि प्रधामन्त्री दाहालले बताउनुभयो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले तर, यो सरकारको प्रस्ताव नभएको स्पष्ट पार्नुभयो । बैशाख ३१ गते चुनाव गर्ने नै । यसमा कुनै भ्रममा नपर्नुहोला,’ निधिले भन्नुभयो । मधेसी मोर्चा चुनावमा आउने सम्भावना भए दुई चरणमा गएर पनि चुनाव गराउन सकिन्छ भन्ने तर्क रहेको उहाँले बताउनुभयो । मधेसी मोर्चा सहमतिमा आउँछ भने दुई चरणमा चुनाव गरौं भन्ने प्रधानमन्त्रीको संकेतमा कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन गर्नुभएको छि ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार