अजित मिजारको परिवारलाई १० लाख दिने मन्त्रिपरिषदको निर्णय

अजित मिजारको परिवारलाई १० लाख दिने मन्त्रिपरिषदको निर्णय

टुरिजमन्युज, ७ बैशाख । अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदले गरेको छ । सरकारले हत्यामा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

काभ्रेको ज्यादी गाविस ८ की कल्पना पराजुलीसँग गत असार २५ गते अन्तरजातीय विवाह गरेका अजित मिजार असार ३० गते धादिङमा मृत फेला परेका थिए । उनको हत्या भएको आशंकामा सो घटनाबारे छानबिन गर्न गठित युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वको समितिको सिफारिसको आधारमा मिजारको परिवारलाई क्षतिपूर्ती स्वरुप १० लाख उपलब्ध गराउने र परिवारका सदस्यलाई निःशुल्क शिक्षा दिने निर्णय सरकारले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार