प्रज्ञाभवनमा पुस्तक प्रदर्शनी

टुरिजमन्युज, । नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक महोत्सवको अवसरमा बृहत् पुस्तक प्रदर्शनी सुरु गरेको छ । बिहिबारदेखि सुरु प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका विभिन्न भाषाका शब्दकोश, भाषा, साहित्य, संस्कृति, इतिहास, ललितकला, सङ्गीत, नाट्य, दर्शनशास्त्र, समाजशास्त्र, धर्मशास्त्र, विदेशी साहित्यको अनुवाद लगायत विविध विधाका पुस्तक तथा नियमित प्रकाशनहरू १५ देखि ६० प्रतिशतसम्म छुटमा राखिएका छन् । १५ दिनसम्म चल्ने प्रर्दशनीको उद्घाटन कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार