निर्वाचन आयोगले देशभर मतदान केन्द्र तोक्यो

टुरिजमन्युज । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ जिल्लामा मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको हो । आयोगले मतदान स्थलको संख्या १० हजार ६४० र मतदान केन्द्र १८ हजार ५७२ निर्धारण गरेको हो । जसअनुसार काठमाडौमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ । सोलुखुम्बु जिल्लामा ११८ मतदान स्थल र १२० मतदान केन्द्र तोकिएको छ । आयोगका अनुसार सोलुखुम्बुमा ६१४७६ मतदाता रहेको छ । ओखलढुंगामा ७९ मतदान स्थल र १२८ मतदान केन्द्र तोकिएका छन् । खोटाङमा १३६ मतदान स्थल र १७३ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने पनि आयोगले टुङ्गो लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार