संचारमाध्यम अनुगमनको तयारीमा निर्वाचन आयोग

टुरिजमन्युज, स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन आयोगल आम सञ्चारमाध्यमको अनुगमन गर्ने तयारी गरेको छ । अघिल्ला निर्वाचनहरुमा झै यो निर्वाचनमा पनि आम सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचारको अनुगमन आयोगले गर्न लागको हो । आयोगले निर्वाचन आचारसहिंता २०७२ र स्थानीय तह आचारसहिंता २०७२ मा उल्लेख गरिएको सञ्चार आचारसहिंताविपरीत काम गरे÷नगरेको बारे अनुगमन गर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आमसञ्चार अनुगमनका लागि केही निकायलाई जिम्मा दिई अनुगमन गरिने पनि प्रवक्ता शर्माले जानकारी दिुनभयो ।
आयोगले जारी गरेको आमसञ्चार आचारसहिंतामा राजनीतिक दल तथा उम्मेदवारलाई समान अवसर दिनुपर्ने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न वा गराउन नहुने, मौन अवधिमा विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचनसम्बन्धी शिक्षामूलक समाचार र सूचनालाई उच्च प्राथमिकता दिनुपर्ने, सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्षरुपमा सम्प्रेषण गर्नेजस्ता कुरा उल्लेख गरिएको छ । निर्वाचनमा सञ्चार अनुगमनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्स्च्यिुटले प्रस्ताव पेस गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार