एमाले सोलुखुम्बुद्वारा गाउँपालिका प्रमुख तथा उपप्रमुख चयन

टुरिजमन्युज, ९ बैशाख । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले जिल्लाको माहाकुलुङ गाउँपालिका बाहेक सबै गाउँपालिकामा प्रमुख तथा उपप्रमुख चयन गरेको छ । एमालेको शनिबार सम्पन्न बैठकले वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारी समेत टुंगो लगाएको छ । एमालेले दुधकोशी गाउँपालिका प्रमुखमा बुद्धिकिरण राई, उपप्रमुखमा जुनिता मगर, खुम्बु पासाङ ल्हमु गाउँपालिका प्रमुखमा ङिमदोर्जी शेर्पा, उपप्रमुखमा टासील्हमु शेर्पा र लिखु पिके गाउँपालिका प्रमुखमा पोष्टकुमार कार्की र उपप्रमुखमा पल्मु शेर्पालाई उम्मेदवार बनाएको छ । यसैगरी सोताङ गाउँपालिका प्रमुखमा वीरबहादुर राई र उपप्रमुखमा लक्ष्मी बस्नेत, दुधकौशिका गाउँपालिका प्रमुखमा श्यामकुमार राई र उपप्रमुखमा कल्पना बस्नेत, नेचा सल्यान गाउँपालिका प्रमुखमा डुफकुमार बास्तोला र उपप्रमुखमा सबिना राईलाई उम्मेदवार बनाएको छ ।  माहाकुलुङ गाउँपालिकाको उम्मेद्वार पनि छिट्टै टुंगो लगाउने जिल्ला पार्टी कार्यालय एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार