बिशाल स्मृति गोल्ड कपको सेमिफाइनलमा आर्मी

टुरिजमन्युज, १२ बैशाख । त्रिभुवन आर्मी क्लब वीरगन्जमा जारी टुबोर्ग प्रथम बिशाल स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले ए डिभिजन क्लब हिमालयन शेर्पालाई टाइब्रेकरमा ४–३ ले हराउँदैं अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवैले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकर हुन पुगेको थियो । प्रतियोगिताको बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस र सिएमजी क्लब संकटाबीच प्रतिस्पर्धा हुनेछ । बिशाल स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार