खुम्बु क्षेत्रमा पर्यटकको आइरो

टुरिजमन्युज, १२ बैशाख । पर्यटकीय सिजन शुरु भएसंगै सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्यटक ओइरिन थालेका छन् । सिजनको सुरुवातमै पर्यटकको भीडले खुम्बु क्षेत्रको होटलहरु पर्यटकले खचाखच छन् । सिजनको सुरुवातसंगै पर्यटको भीडले स्थानीय व्यवसायी उत्साहित भएका छन् । सिजन सुरुभएसंगै पर्यटकको भारी बोक्न तँछाडमछाड गर्ने भरियाहरू अहिले खोज्दा पनि नभेटिने टे«किङ गाइड तेजबहादुर राईले बताउनुभयो । खुम्बुक्षेत्रमा पर्यटककलाई खानपान र वासस्थानका लागि समेत ब्यबस्था गर्न होटल ब्यबसायीहरुलाई हम्मेहम्मे भएको छ । पर्यटकले समयमा भरिया नपाउँदा कुर्नुपर्ने अवस्था आएको छ । हिमपहिरो, भूकम्प र खराब मौसमले थलिएको खुम्बुको पर्यटन ब्यवसाय लयमा फर्किन थालेपछि होटल व्यवसायी र ट्रेकिङ कम्पनीहरू उत्साहित छन् । यो वर्ष पहिलेको तुलनामा पर्यटकहरु निक्कै बढेको टे«किङ गाइड राईको अनुभव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार