पर्यटक लक्षित एप ‘वेलकम नेपाल’ मा के छ?

टुरिजमन्युज । पर्यटक लक्षित एप ‘वेलकम नेपाल’ मा के छ?
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले मोबाइल एप ‘वेलकम नेपाल’ सार्बजनिक गरेको छ । एपमा नेपालका मुख्य पर्यटकीय गन्तव्यहरु तथा विभिन्न क्रियाकलापहरु समेटिएको नेपाल पर्यटन बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मोबाइल एपबाट  नेपालका धेरैजसो पर्यटकीय गन्तव्य, ट्रेकिङ रुट, पर्यटकलाई आवश्यक पर्ने सूचना लगायतका जानकारी प्राप्त गर्न सकिनेछ । नेपाली पर्यटनको बारेमा सम्पूर्ण जानकारी राखिएको एपले पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास बोर्डको छ । हाल यो एन्ड्रोइड भर्सन गुगल प्ले स्टोरमा उपलब्ध छ ।
सार्बजनिक गरिएको मोबाईल एप पूर्ण नभई प्रारम्भिक चरणको रहेको र आगामी दिनहरुमा आइओएस प्लेटफर्ममा सुभारम्भ गरी विभिन्न प्रविधिको विकास गर्दै लगिने पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जाशीले जानकारी दिनुभयो । ‘यो एपलाई एक पटक डाउनलोड गरिसकेपछि इन्टरनेट विना पनि प्रयोग गर्न सकिने भएकाले धेरैको पहुँचमा रहने विश्वास छ’ । प्रमुख जोशीले भन्नुभयो सरल र सहज रुपमा हातहातमा पुग्नु र अद्यावधिक सूचना र जानकारी प्रदान गर्ने हुनाले यसको उपयोगिता बढ्ने अनुमान गर्न सकिन्छ । नयाँ वर्षकको अवसर पारेर नेपाल पर्यटन बोर्डले मोवाइल एप ‘वेलकम नेपाल’को सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार