आम्जी चिकित्सा पद्धति अझै कायमै

टुरिजमन्युज, १५ बैशाख । बुद्ध धर्मसग सम्बन्धित आम्जी चिकित्सा पद्धति अझै पनि कायमै छ । पुरानो उपचार विधि भनिए पनि पछिल्ला समय आम्जी सेवा लिनेहरुको संख्या बढ्दो क्रममा रहेको अधिकारीहरु बताउछन् । विशेष गरि सगरमाथा क्षेत्रमा यस्तो सेवा लिनेहरुको संख्या उलेख्य रहेको बतार्इएको छ । नाडी छामेर रोग पत्ता लगाउने र धर्मगुरुहरुबाट मन्त्रजप गरि औषधी वितरण गरिने आम्जी चिकित्सा पद्धतिलार्इ धेरैले विश्वास गर्दैनन् । तर सगरमाथा क्षेत्रका नागरिकहरुले स्वास्थ्य संस्थालार्इ भन्दा आम्जी सेवालार्इ प्रभावकारी ठान्ने गरेका छन् । सजिलै पहुच पुग्ने र जडीबुटीको प्रयोगबाट बनार्इएका औषधीले स्वास्थ्यलार्इ खासै असर नगर्ने भन्दै उनीहरु आम्ची उपचार सेवा लिने गरेका लुक्लामा बस्दै आएका खोटाङका तेज थुलुङले बताउनुभयो । यहाका गुम्वाहरुमा समेत आम्जी औषधी उपलव्ध हुन्छ भने चौरीखर्कको लुक्लामा मासिक रुपमा आम्जी शिविर सञ्चालन गरिन्छ। जुनवेशी लुक्ला नाम्चे र सदरमुकाम क्षेत्रमा आम्जी स्वास्थ्य क्लिनिकहरु सञ्चालनमा रहेका छन । एकातिर प्रचार र अर्कोतिर प्रभाव समेत देखिएपछि आफुहरु यो चिकित्सा पद्धतीतर्फ आकर्षित भएका नेचाकी कुमारी बास्तोला बताउनुहुन्छ । गौतमबुद्धको जन्मस्थल लुम्विनी काठमाण्डौको बौद्ध लगायतका क्षेत्रमा आम्जी चिकित्सा सेवा लिन जानेहरु बाक्लै संख्यामा भेटिन्छन् । नेपालका मात्र हैन विदेशमा समेत आम्जी चिकित्सा सेवा विस्तारका लागी काम भर्इरहेको स्योरिज कुल्फेन लिकका सञ्चालक तथा डाक्टर छिरी शेर्पाले बताउनुभयो । स्वास्थ्य संस्थाहरुको पहुच हुदाहुदै पनि पछिल्ला समय जडीबुटीको प्रयोग गरी बनार्इएका औषधीको प्रयोगकर्ता बढ्दो क्रममा रहेको अधिकारीहरु बताउछन् । आर्युवेदिक औषधी र आम्जी औषधी उस्ताउस्तै हुन । जसका कारण पनि आम्जी चिकित्सा पद्धती रुचार्इएको हुनसक्ने धेरैको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार