आन्तरिक पर्यटक प्रवद्र्धनका लागि सर्वाधिक राशिको भलिबल हुने


टुरिजमन्युज, १५ बैशाख । सोलुखुम्बुको नाम्चेमा सर्वाधिक राशिको खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।  सगरमाथाको प्रवेशद्वार मानिने नाम्चेमा आन्तरिक पर्यटक प्रवर्धन गर्ने उदेश्यले भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ । ३ हजार ४ सय ४४ मिटर उचाइमा रहेको नाम्चेमा आयोजना गरिएको उक्त प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १ सय ५० रुपैयाँ र उपविजेताले २ लाख ८१ हजार १ सय ५० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुनेले २ लाख ११ हजार १ सय ५० रुपैयाँ तथा उत्कृष्ट एक खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । नाम्चे युवा समूहले आयोजना गरेको भलिबल प्रतियोगिता जेठ १० देखि १५ जेठसम्म संचालन हुनेछ । प्रतियोगितामा तीन दर्जनभन्दा बढी टिमको सहभागिता अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार