युवालार्इ अभिमुखीकरण कार्यक्रम ।

टुरिजमन्युज, १५ बैशाख । जिल्ला युवा समिती सोलुखुम्बुको आयोजनामा उद्यमशिलता र रोजगारी विषयक जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युवाहरुलार्इ उद्यमी, सिर्जनशील र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने उदेश्यले एक दिने परार्मश सेवा दिर्इएको समितीले जनाएको छ । कार्यक्रममा उद्यशीलता, उद्यशीलताको महत्व, उद्यशीलता किन र यसका प्रकृयाहरु, व्यबसाय छनौट, व्यबसायीक योजना कसरी तयार गर्ने विषयमा जानकारी गरार्इएको थियो । सहभागी छनौट जिल्लामा क्रियाशिल राजनीतिक दल, सघंसस्था, सञ्चारगृहरुबाट गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले युवा संयममा पनि व्यबसाय गर्ने र्इच्छा चाहिने बताउनुभयो । पछिल्ला समय युवाका लागि प्रशस्तै अबसर आर्इरहेको भएपनि युवाहरुले ग्रहण गर्न नसक्नु दुर्भाग्य भएको बहाको भनार्इ थियो । कार्यक्रममा बोल्दै जिल्ला युवा समितीका प्रमुख डिक बहादुर रार्इले जिल्ला युवा समितीको स्थापना, यसको क्षेत्राधिकार र भावी योजनाहरुका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग विकास समितीका प्रशिक्षक चित्र प्रसाद पोखरेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार