म्यानु र सिटीले बराबरी खेल्दै अंक बाँडे


टुरिजमन्युज । ईङलिस प्रिमियर लिगमा बिहिबार राती भएको खेलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उक्त नतिजासंगैं युनाइटेड चौथो स्थानको सिटीभन्दा एक स्थान तल छ । म्यानचेस्टर युनाइटेडले अंक बाँडेपछि प्रशिक्षक जोजे माउरिन्होले लिभरपुल र आर्सनललाई जारी सिजनमा मुख्य प्रतिद्वन्द्वीका रुपमा लिनुभएको छ । प्रिमियर लिगमा शीर्ष चारमा रहेर सिजनको अन्त्य गर्ने टोली आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट हुने गर्दछ । तर माउरिन्होले आफूभन्दा दुई अंक बढि जोडेर तेस्रो स्थानमा रहेको लिभरपुल र चार अंक कम भएको आर्सनल आफ्ना मुख्य प्रतिद्वन्द्वी भएको बताउनुभएको छ । लिभरपुलले युनाइटेडभन्दा एक खेल बढि खेलेको छ भने आर्सनलले एक खेल कम खेलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार