उत्तर कोरियाले चीनको अपमान गरेको ट्रम्प्टको आरोप

उत्तर कोरियाले आफ्ना मुख्य साझेदार मुलुक चीन र चिनियाँ राष्ट्रपति शी जिन पिङको अपमान गरिरहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आरोप लगाउनुभएको छ । ट्रम्पले ट्वीटरमार्फत उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेर चीन र उसका अति सम्मानित राष्ट्रपतिको अपमान गरेको बताउनुभएको छ ।
उत्तर कोरियाले एक महिनाभित्र तेस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेपछि ट्रम्पको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षण विफल भएको बताएको छ । उनीहरुका अनुसार क्षेप्यास्त्र प्रक्षेपण गरिएको केही समयपछि विस्फोट भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार