संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायाधीश कार्कीको पद निलम्बनमा

प्रधानन्यायाधीश सुशिला कार्कीको पद निलम्बनमा परेको छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उहाँको पद धरापमा परेको हो । सरकारको नेतृत्व गरिरहेका माओवादी र सत्ता साझेदार कांग्रेसका २४९ सांसदले हस्ताक्षर गरी संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । आइतबार दिउँसो ४ बजे संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावमा कांग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका संसदीय दलका नेता टेकबहादुर बस्नेत समर्थक रहनुभएको छ । महाअभियोग प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश कार्की निलम्बनमा पर्नुभएको छ । कार्की अनिवार्य अवकाश पाउनु एक महिनापनि बाँकी नहुँदा उहाँविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको हो । उहाँ जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैहुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार