युलीको शव बुझ्न परिवारका सदस्य नेपाल आउँदै ।

एकै सिजनमा सगरमाथा सहित ३ बटा हिमाल चढ्ने सपना बोकेका स्वीटजरल्याण्डका नागरिक युली स्टेकको सपना विपनामा परिणत हुन सकेन । उनी आर्इतबार सिजनको पहिलो आरोहणका क्रममा नुप्से हिमालमा अस्ताए ।

नुप्से हिमालको क्याम्प टु नजिकैबाट लडेर मृत्यु भएपछि उनको सपना साकार हुन पाएन । हिमाल आरोहीका रुपमा परिचित उनले यसअघि नै सगरमाथा सहित अन्य हिमालहरु आरोहण गरिसकेका थिए । स्टेकले नया किर्तिमान कायम गर्न यस पटक सेभेन समिट मार्फत एकै सिजनमा ३ बटा हिमाल चढ्ने अनुमती लिएका थिए ।

 

नुप्से हिमालको आरोहण सकेर सगरमाथा आरोहण गर्ने उनको योजना रहेको एस.एस.टी नुप्से एक्पीडिसन २०१७ ले जनाएको छ । टोलीमा आरोहण सहयोगी सहित १५ जना स्वीस नागरिकहरु रहेका छन् । स्टेकको शव सोमबार हेलिकप्टर मार्फत शिक्षण अस्पताल काठमाण्डौ लगिएको छ । उनको मृत्यु भएपनि आरोहण जारी रहेको नुप्से एक्पीडिसन २०१७ ले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार