लुक्लामा कहिल्यै मुल्य एक रुपता हुदैन् ।

टुरिजमन्युज, बैशाख १८ । सोलुखुम्बुको लुक्लामा दैनिक उपभोग्य सामानहरु हवार्इजहाज मार्फत लैजाने गरिएको छ । सिधै काठमाण्डौ र सदरमुकाम सल्लेरीबाट हवार्इजहाज मार्फत सामान ढुवानी गर्ने गरेका व्यबसायीहरु बताउछन् । खुद्रा सामान, खाद्यान्न, माछामासु तथा तरकारीहरु बाहिरबाट नै लैजाने भएकाले महंगीको डरले आन्तरीक पर्यटकहरु प्राय जादैनन् ।

सदरमुकाम सल्लेरीमा बढीमा २ हजार रुपैया पर्ने मख्खन चामल लुक्लामा ३५ सय देखि ४ हजार रुपैयासम्म पर्छ । सिजनका बेला ५ हजारसम्म पर्ने गरेको ग्राहकहरु बताउछन् । चामल मात्र होर्इन अन्य खाद्य बस्तुहरुको भाउ समेत दोब्वर पर्ने गरेको सुजन स्टोरका प्रोपार्इटर सोममाया तामाङ बताउनुभयो । काठमाण्डौ लुक्ला सामान ढुवानी गर्दा प्रतिकेजी ६० रुपैयादेखि १ सय रुपैया पर्ने गरेको छ । जसका कारण लुक्लामा होटल तथा पसलहरुमा सामानको मुल्यमा कहिल्यै एक रुपता हुदैन् ῍याङजुम होटलकी सञ्चालिका आङदाली शेर्पाले भन्नुभयो ।῎ लुक्लाका होटहरुले स्वदेशी र विदेशी दुवैका लागी एक रात सुते बराबर दुर्इ सय रुपैया चार्ज लिने गरिएको छ । अर्डर अनुसारका खानाहरु खान परेमा कम्तीमा पनि ४ सय देखि माथि पर्ने गरेको छ । कोङदे भ्यु लज एण्ड रेष्टुरेन्टकी छिरिङमा शेर्पाका अनुसार अर्डर अनुसारका खाना केही मंहगो पर्ने गरेको हो । लुक्लामा आलु सिमी फापर बाहेक अरु खेती प्राय हुदैन । पछिल्ला समय प्लाष्टिक घरमा तरकारी फलाउन थालिए पनि आत्मानिर्भर बन्न सकेको छैन । कारमार निषेध क्षेत्रकै रुपमा रहेकाले मासु बाहिरबाट नै लैजाने गरिएको छ । यसरी अधिकांश बस्तु बाहिरबाटै ढुवानी गर्नुपर्ने बाध्यताले गर्दा व्यापारीक तथा व्यबसायीक रुपमा सरल र सुलभ सेवा प्रदान गर्न नसकिएको उनीहरु बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार