लण्डनमा बस्ने नेपाली बुद्ध जयन्ती मनाउन उत्साहित

लन्डनमा बस्ने नेपालीहरुले बुद्ध जयन्ती मनाउन उत्साहित भएका छन् । लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा मनाउन लागिएको बुद्ध जयन्ती सफल बनाउन नेपाली समुदायले स्वतस्फूर्त आर्थिक सहयोग संकलन गरेका छन् । बुद्ध फाउण्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको सहकार्यमा बुद्ध जयन्ती मनाउन लागेको हो । फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम भव्य, सभ्य र सार्थक बनाउन जनसमुदाय र सामाजिक अगुवाबाट चन्दा संकलन गरिएको बताउनुभयो । चन्दा संकलन कार्यमा दूतावास भने संलग्न नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘बेलायतको एक मिडियाले दूतावास चन्दा संकलनमा लागेको भ्रामक समाचार प्रकाशित गरेपनि त्यो सत्य होइन । दूतावासले हामीलाई लजिस्टिक सपोर्ट गरेको छ, न कि आफैं चन्दा संकलन’, उहाँले प्रष्ट्याउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार