ईङ्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि संभावना बलियो


एजेन्सी लन्डन । इङ्लिस प्रिमियर लिगमा चेल्सीले उपाधितर्फ आफ्नो संभावना बलियो बनाएको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा एभर्टनलाई ३–० गोलले हराउँदै चेल्सीले उपाधिको सम्भावना बलियो बनाएको हो । प्रिमियर लिगमा अब चार चरणको खेल मात्र बाँकी रहँदा चेल्सीले आफ्नो निकटतम प्रतिद्वन्द्वी टोट्टनहाम हर्टस्परसँग चार अंकको स्पष्ट अग्रता बनाएको छ । समान ३४ खेल खेलेको चेल्सीको ८१ र टोट्टनहामको ७७ अंक रहेको छ । एभर्टनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले एकपक्षीय प्रदर्शन गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा चेल्सीले दबाब सिर्जना गरेको थियो । चेल्सीको जितमा पेड्रो रोड्रिग्युजले ६६औं मिनेटमा खाता खोले । दोस्रो गोल ग्यारी चाहिलले ७९ औं मिनेटमा गरेका थिए । खेलको ८६औं मिनेटमा विलियनले तेस्रो गोल गर्दै चेल्सीको जित सहज बनाएका थिए । चेल्सीसँग हार खेपेको एभर्टन ३५ खेलबाट ५८ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार