याक पालन व्यवसायमा फर्कदैंछन किसान ।

नेपालकै एक मात्र याक विकास फाम सोलुखुम्बुको स्याङबोचेमा उन्नत जातका याक नाक ल्यार्इएपछि नश्ल सुधारमा केही प्रगती देखिएको अधिकारीहरुले बताएका छन् । नेपाल सरकार र चीन सरकारबीच सम्झौता भए अनुरुप दुर्इ बर्ष अघि तिव्वतबाट ३० बटा उन्नत जातका याक र नाक ल्यार्इएको थियो ।

अहिले फाममा १ सय ६० भन्दा बढी भालेपोथी याकहरु रहेका छन् । उन्नत जातका बाच्छाबाच्छी उत्पादन भएपछी माग बढ्न थालेको याक विकास फाम स्याङबोचेले जनाएको छ । याकपालन व्यबसाय छाडिसकेका किसानहरुले पनि उन्नत जातका याक देखेपछि पाल्न रुची देखाएका याक विकास फाम स्याङबोचेका पशु प्राविधिक राम ललन यादवले बताउनुभयो । दुर्इ बर्ष अघि तिव्वतबाट २५ बटा पोथी र ५ बटा भाले याक ल्यार्इएको थियो । फाम स्थापना भएकै बर्ष पनि तिव्वतबाट नै २८ बटा याकनाक ल्यार्इएको थियो । बाहिरबाट ल्यार्इएका याक नै किसानले निकै रुचाउने गरेका पशु प्राविधिक यादव बताउनुहुन्छ ।

हिमाली भेगका किसानहरुले याकपालन व्यबसाय छाड्दै गर्इरहेको बतार्इएपनि सगरमाथा क्षेत्रका किसानहरुले भने यो व्यबसायलार्इ चटक्कै छाड्न सकेका छैनन् । विगतको तुलनामा केहि कमी देखिएपनि पछिल्लो समय विभिन्न गैरसरकारी संस्थाको सहयोगमा फेरी किसानहरु त्यसतर्फ आकर्षित हुन थालेका छन । याक संरक्षण र नश्ल सुधारका लागि सरकारले दुर्इ बटा उच्च हिमाली जिल्लामा याक फाम स्थापना गरेको थियो । जसमध्ये डोल्पामा रहेको याक फाम बन्द भर्इसकेको छ । अहिले सोलुखुम्बुको स्याङबोचेमा मात्र याकको संरक्षण र सम्बर्धन गरिदै आएको अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार