उम्मेदवारलाई आचारसंहिताको पालना गराउन सबैले सघाउनुपर्छः प्रमुख आयुक्त


स्थानीय तहको पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन देशभर उत्साहपूर्ण भएको भन्दै निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले अब उम्मेदवारलाई निर्वाचन कानुन, नियम र आचारसंहिताको पालना गराउन अरुले पनि दबाब दिनुपर्ने बताउनुभयो । प्रमुख आयुक्त यादवले अहिले नै कानुनको उल्लङ्घन गर्नुहुन्छ, भने निर्वाचित भएपछि झन् कसरी पालना गर्नुहुन्छ भनी प्रश्न सोध्न सुझाव दिनुभयो ।
उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी र उत्साहित बनेको उहाँले बताउनुभयो । बहिरा नागरिकका लागि स्थानीय निर्वाचनसम्बन्धी बुधबार काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उहाँले मंगलबारको मनोनयनपछि बुधबार बिहानदेखि नै उम्मेदवारहरू निकै उत्साहपूर्वक र खुसीयालीका साथ झन्डा र चुनाव चिह्नसहित निर्वाचन प्रचारप्रसारमा जुटिसकेको जानकारी दिनुभयो । सामाजिक र सांस्कृतिक रुपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्कामा होच्याउने र अवहेलना गर्ने कार्य नगर्न सबै उम्मेदवार र राजनीतिक दललाई आग्रह गर्दै उम्मेदवारले कानुनको बर्खिलाप नगर्ने उल्लेख गर्नुभयो । प्रमुख आयुक्त यादवले अहिले नै कानुनको उल्लङ्घन गर्नुहुन्छ, भने निर्वाचित भएपछि झन् कसरी पालना गर्नुहुन्छ भनी प्रश्न सोध्न सुझाव दिनुभयो । निर्वाचनको बेलामा उम्मेदवारले ‘भोट र नोट’ दुबै माग्न सक्नेतर्फ इङ्गित गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनको बेला उम्मेदवारलाई एक मुठ्ठी चामल पनि नदिन आमनागरिकलाई सुझाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार