गँहुको छ्वाली र मकैको ढोरसंग नविनको सम्बन्ध ।

“नविन कुमार भट्टरार्इ” जस्को नाम जो कोहीका लागी परिचित नहुन सक्छ । तर सोलुखुम्बु जिल्लाका लागी भने परिचित नाम हो । सृजना र नविन एक अर्कामा पर्यायका रुपमा धेरैले अर्थाउने गरेका छन । छिमेकी जिल्ला ओखलढुङा घर भर्इ सोलुखुम्बु जिल्लालार्इ कर्मथलो बनाउनु भएका नविन नाम जतिकै नविन हुनुहुन्छ । बहा हरेक खालका आकृतिहरु सहजै नक्कल गर्नुहुन्छ । यति मात्र हैन हालसम्म प्रयोग नगरिएको बस्तुहरुबाट नया नया चित्रहरु बनाउदै आफुलार्इ नौलो सृजनाकार अर्थात चित्रकारको रुपमा परिचय दिनुहुन्छ । बच्चा बेला स्कुलमा कागजका फिरफिरे बनाउदै आफ्ना कलाको थालनी गरेको विगत सम्झदै नविन भन्नुहुन्छ “आफ्ना वरिपरिका बस्तुहरु चरा, गार्इबस्तु र मान्छेहरुको आकृति जस्ताको तस्तै नक्कल गरेर आफ्ना साथीसंगीहरुलार्इ देखाउदा यति मन प्रफुलित हुन्थ्यो ।” जसको प्रेरणाले आजसम्म चित्र बनाउने साहस र उर्जा मिलिरहेको छ ।

डार्इनोसर

खाली कपी, घरका भित्ताहरु, नौलो ठाउ र परिवेश देख्दा एक्कासी चित्रहरु बनाउन मन आतुर हुन्छ उहाँ भन्नुहुन्छ । विशेष गरी “गँहुको छ्वाली र मकैको ढोरसग उहाँको विशेष सम्बन्ध छ । यी दुर्इ सामाग्रीको प्रयोग गरी उहाँ आकर्षक र हुबहु चित्रहरु निमार्ण गर्नुहुन्छ । गँहु र मकैको ढोरलार्इ साना-साना ट्क्रा पारेर गमको साहयताले सादा कपीमा बहा चित्र उर्तानुहुन्छ । कुनै रङहरुको प्रयोग हुन्न । साना-साना ट्क्रा बनाउन निकै समय लाग्ने भएकाले एउटा चित्र बनाउन कम्तीमा ४ दिन र बढीमा एक हप्तामा लाग्ने गरेको उहाँको भनार्इ छ । करिव १५ बर्ष अघि बनाउनुभएको किरातहरुका राजा यलम्बरको चित्र देखाउदै उहाँले भन्नुभयो यो बनाउन एक हप्ता समय लागेको थियो । अहिले त दुर्इ तीन दिनमा एउटा चित्र बनार्इ सक्छु ।

हालसम्म उहाँले डेढ सय बटा चित्रहरु बनार्इसक्नुभएको छ । प्राय उहाँले सामाजिक परिवेश र नामी व्यत्तिहरुका चित्रहरु बनाउनुभएको छ । स्कुले बेला देखि शुरु भएको मेहनत र लगाव आज पनि उस्तै छ । मेहनत र निरन्तरको लगावले अझ परिपक्क बनाएको उहाँ भन्नुहुन्छ । आफुले बनाएका चित्रहरु जिल्लाको सोताङ, नेले, फाप्लु, नुनथला लगायतका स्थानमा प्रदर्शन गरिसक्नुभएको छ । ति स्थानहरुबाट राम्रो प्रतिक्रिया पाएको र अब राष्ट्रियस्तरमा प्रदर्शन गर्ने सोच रहेको बहा बताउनुहुन्छ । तत्कालिन उपराष्ट्रपति परमानन्द झाबाट कलाको सम्मान स्वरुप प्रसंसापत्र प्राप्त गर्दा सुखद अनुभुती भएको भन्दै बहाले कलालार्इ मर्न नदिने बताउनुभयो ।

यतिको चित्र देखाउदै नविन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार