बौद्ध परम्परा अनुसार उलीको अन्त्यष्टी गरिदै ।

टुरिजमन्युज, बैशाख २१ । नुप्से हिमाल आरोहणका क्रममा मृत्यु भएका स्वीस आरोही उली स्टेकको शव आज अन्त्यष्टि गरिदै छ ।

परिवारका सदस्यहरुको रोहबरमा बौद्ध पराम्परा अनुसार सोलुखुम्बुको त्याङबोचेमा शव अन्त्यष्टि गरिन लागेको टोलीमा सहभागी तेन्जी शेर्पाले जानकारी दिनुभयो । उनको शव हेलिकप्टर मार्फत विहान त्याङबोचे ल्यार्इएको छ । ४० बर्षिय उलीको अन्त्यष्टिका लागि बुबा आमा, श्रीमती र साथीहरु सहित १५ सदस्यीय टोली त्याङबोचे आएका छन । सन २०१२ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी निरन्तर आरोहणमा रहदै आएका उलीको बैशाख १६ गते विहान क्याम्प टु नजिकै लडेर मृत्यु भएको थियो ।

यस सिजनमा युलीले सगरमाथा सहित थप २ बटा हिमाल आरोहण गर्ने अनुमती लिएका थिए । नुप्से हिमाल आरोहणका लागी उली एस.एस.टी नुप्से एक्पीडिसन २०१७ मा सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार