अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको पोखरामा शुरु


अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेल बिहीबार पोखरामा सुरु भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा पोखरा रंगशालास्थित ब्याटमिन्टन कबर्ड हलमा भव्य समारोहका बीच प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले गर्नुभयो । उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी मैनालीले यस क्षेत्रका खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा प्रतिभा प्रस्फुटन गर्ने मौका दिएकोमा आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले मिडिया हाउसले सामाजिक उत्तरदायित्व सम्झेर खेलकुद प्रतियोगिता गरी स्वास्थ्यमा पनि योगदान पु¥याएको बताउनुभयो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बौद्धिक खुराक पस्कँदै आएको अन्नपूर्ण मिडिया नेटवर्कले ब्याडमिन्टन प्रतियोगिता गरेर खेलाडीलाई हौसला दिएको बताउनुभयो । ब्याडमिन्टन संघ कास्की अध्यक्ष तथा समारोहका सभापति डम्बरसिंह गुरुङले काठमाडौंसम्म पहुँच नभएका खेलाडीलाई पोखराबाटै छनोटको अवसर दिएकोमा खुसी व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार