‘म हार्नुको पछाडी एफबीआइ र रुसको हात’ हिलारी


एजेन्सी÷हिलारी क्लिन्टनले सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पराजय भएको स्वीकार गरेकी छन् । चुनावमा आफू निकै लोकप्रिय भए पनि रूस र फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) को भूमिका कारण आफ्नो पराजय भएको उहाँको भनाइ थियो । महिलाप्रति गरिएको हेय व्यवहार पनि यसका लागि जिम्मेवार भएको उहाँको भनाइ थियो । एफबीआईका गतिविधिले पनि आफूलाई हराउन भूमिका खेलेको उहाँले दाबी गर्नुभयो । राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका तर्फकी उम्मेदवार हिलारीले मंगलबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । सन् २०१६ को राष्ट्रपतिको निर्वाचनका बारेमा आफुले किताब लेखिरहेको उल्लेख गर्दै आफू निकै कठिन प्रक्रियाबाट गुज्रिरहेको उहाँले बताउनुभयो । महिलाप्रति गरिने हेय व्यवहारबाट पनि आफू प्रभावित भएको क्लिन्टनको भनाइ छ । उहाँले राजनीतिक, सामाजिक र आर्थिक स्तरमा महिलामाथि भेदभाव गरिएको र उनीहरूले राष्ट्रपतिको पदको निर्वाचनमा दुईपटकसम्म हार भएपछि आफु राजनीतिमा फर्कन कठिन हुने सोचेको बताउनुभयो । आफुले पराजयबाट हार नमानी नागरिक कार्यकर्ताका रूपमा फर्किएको दाबी क्लिन्टनले गर्नुभयो । उक्त कार्यक्रममा भएका छलफलमा उहाँले आफुमाथी भएका यस्ता सबै गतिविधिमा गठबन्धन थिएन भनेर भन्न नमिल्ने बताउनुभयो ।  राष्ट्रपतिको पदमा आफूलाई हराउन सबै एकजुट भएर लागेको भन्दै उनले आक्रोश समेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार