स्थानीय चुनावको मत परिणाम मोबाइलमा हेर्न सकिने


निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री बनाउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो । राजधानीस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त गर्न सकिनेछ । नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ । त्यसैगरी, इसिएन एप आयोगको वेबसाइट www.election.gov.np वा android ios मोबाइलको प्लेस्टोर वा एप्पल मोबाइलको एप स्टोरबाट डाउन गरी इन्स्टल गर्न सकिनेछ । मोबाइल एपबाट मोबाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदानस्थल र केन्द्रको जानकारी, उम्मेदवारको विवरण, मत परिणामलगायत विभिन्न १० वटा विषयमा जानकारी पाउन सकिनेछ । कल सेन्टर र मोबाइल एपको सञ्चालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचनसम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद आयदवे जानकारी दिनुभयो । उहाँले आयोगले सञ्चालनमा ल्याएको कल सेन्टर र मोबाइल एपको प्रभावकारी सञ्चालनमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार