सोलुखुम्बुका अधिकाशं मतदान केन्द्र टाढा ।

सोलुखुम्बुका मतदान केन्द्रहरु मतदाताहरुका लागी अपायक परेको गुनासोहरु बढ्न थालेका छन । सरकारले मतदान केन्द्र जान आउन बढीमा ५ किलोमिटरको दुरी हिड्नुपर्ने गरी केन्द्र तोक्न नीतिगत व्यबस्था गरेको भएपनि सोलुखुम्बुका त्यस्तो व्यबस्था नभएको हो । हिमाली जिल्ला र भुगोलका कारण हाल कम्तीमा पनि डेढ घण्टा पैदल हिड्नपर्ने गरि मतदान केन्द्र तोकिएका छन । जिल्लाको साविकको वाकु ४ सिवुचे, गोराखानीका सिसाखोला, खाम्दिङ, दिम्बिल र दिम्सेस गुदेल ५ का सानाम, तिउ र नुर्कुम टाक्सिन्दु २ का सद्, आङखा लगायतका बासिन्दाहरुले कम्तीमा पनि मतदान केन्द्र  पुग्न तीन चार घण्टा हिड्नुपर्ने बताएका छन ।

मतदान केन्द्र टाढा हुदा बुढापाका र बच्चाका आमाहरु मतदान गर्न मतदान स्थलसम्म पुग्न नसक्ने बताए  । र्इच्छा हुदाहुदै पनि धेरैले आफ्नो मतदाधिकार प्रयोग नगर्ने सभ्भावना बढेको नेपाली काग्रेस गाउ पार्टी सभापति सबुजित रार्इले बताउनुभयो । यकिन तथ्यांक नभएपनि मतदान केन्द्र टाढा भएकै कारण यस अघिको संविधान सभाको चुनावमा समेत केहिले भोट नहालेको बतार्इन्छ । यस सम्बन्धमा जिल्ला निर्वाचन कार्यालयले भने पुराना मतदान केन्द्र यथावत राखी १० बटा केन्द्र थप गर्दा समेत समस्या समाधान नभएको जनाएको छ ।

पुराना ११० मतदान केन्द्र र थप १० गरी १२० मतदान केन्द्रहरु निर्धारण भएका छन । थप गरिएका मतदान केन्द्रहरुमा साविकको काकु ३ सुन्दर झरणा आधारमुत विद्यालय झारसादी, साविकको वाकु ९ सरस्वर्ती आधारभुत विद्यालय वाकु, खुम्बु पासाङ ल्हमु गाउपालिका अन्तरगत महेन्द्रज्योती मावि चौरीखर्क, साविकको देउसा ८ गाविस भवन, साविकको सल्यान ९ सरस्वर्ती आधारभुत विद्यालय खाल्पा, साविकको नेचाबेतघारी १ फुर्के सामुदायिक बनको कार्यालय, साविककोनेचा बतासे ५ गाविस भवन नेचा बतासे, साविकको बुङ ३ मकालु बरुण राष्ट्रिय निकुञ्जको रेञ्जपोर्ष्ट र साविकको सोताङ ३ गाविस भवन सोताङ रहेका छन भने सोलुदुधकुण्ड नगरपालिका र दुधकौशिका गाउपालिका अन्तर्गत एक एक बटा मतदातन स्थल थप गरिएको जिल्ला निर्बाचन कार्यालयका सुचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो । बहाका अनुसार दुधकौशिका गाउपालिकामा सवै भन्दा बढी मतदाता रहेका छन । त्यहा ११ हजार ९ सय ७७ जना मतदाताहरु रहेका छन ।

यस्तै सोलुदुधकुण्ड नगरपालिकामा ११ हजार ८ सय १४, नेचा सल्यान गाउपालिकामा ११ हजार ३४, दुधकोशी गाउपालिकामा ७ हजार ६ सय ७२, महाकुलुङ गाउपालिकामा ५ हजार ५ सय ६५, सोताङ गाउपालिकामा ५ हजार १ सय १३, खुम्बुपासाङ ल्हमु गाउपालिकामा ४ हजार ४ सय ४९ र लिखिपके गाउपालिकामा ४ हजार १ सय २२ जना गरी कुल मतदाता ६१ हजार ७ सय ४६ रहेका छन । जसमा महिला ३० हजार ८ सय ७२ र पुरुष ३० हजार ८ सय ७४ रहेका सुचना अधिकारी दाहाले जानकारी दिनुभयो । दुधकौशिका गाउपालिका अन्तर्गत कायम गरिएका ठुलढुङा प्रा.वि कागेलमा सवै भन्दा कम मतदाताले मतदान गर्ने छन । सो केन्द्रमा ८१ जना मतदाता मात्र रहेको जिल्ला निर्बाचन कार्यालयको तथ्यांक रहेको छ भने सोही गाउपालिका अन्तरगत नै जनता मा.वि लोखिम केन्द्रमा सवै भन्दा बढी मतदाताले मतदान गर्नेछन् । उक्त केन्द्रमा १ हजार २५ जना मतदाताले मतदान गर्ने बुझिएको छ ।

जिल्लामा नया शक्ति नेपाल, नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी सहित ११ दल दर्ता भएका छन् । ३१ बैशाखका लागि तयारीमा जुटेका दल र निबार्चन कार्यालय निर्बाचन मिति पछि धकेलिएपछि त्यती सक्रिय देखिन्न । जिल्ला निबार्चन कार्यालयले करिव ७० प्रतिशत काम सम्पन भर्इसकेको जनाएको छ भने दलहरु मन्द गतिमा चुनावी प्रचार गरिरहेका छन । स्थानिय निकाय र स्थानिय तहका बारेमा अलमलमा परेका जनताहरुलार्इ अझ बढी जानकारी गराउन दलहरु जति सक्रिय हुनपर्ने हो त्या नदेखिएको धेरैले टिप्पणी गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार