गाउँपालिका प्रमुखको प्रत्यासी बन्दै पर्यटन व्यवसायी


वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पर्यटन व्यवसायीहरु पनि उम्मेदवार बनेका छन् । झन्डै दुइ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पर्यटन व्यवसायीको सक्रिय उपस्थिती देखिएको छ । यस्तै एकजना सफल पर्यटन व्यवसायी हुनुहुन्छ कुलबहादुर गुरुङ । धादिङ जिल्लामा जन्मनु भएका कुलबहादुर गुरुङ यतिबेला वैशाख ३१ मा हुने स्थानीय निर्वाचनको प्रचारपसारमा निक्कै ब्यस्त हुनुहुन्छ । पर्यटन क्षेत्रमा निक्कै अग्रपंतिमा रहेर उल्लेख्य भूमिका निर्वाह गर्दै आउनुभएका गुरुङको पृष्टभूमि यतिमा सिमित छैन । उहाँ एउटा असल समाजसेवी र सफल पर्यटन व्यवसायीको रुपमा चिनिदैं आउनुभएको छ ।
कुलबहादुर गुरुङ ‘गुरुङ पर्यटन ब्यबसायी संघ नेपाल’ को निवर्तमान अध्यक्ष तथा टे«किङ एजेन्सिज एसोशिएन अफ नेपाल (तान) को केन्द्रीय सदस्य समेत हुनुहुन्छ । लाहुरे हुन्छु या विदेश गएर धन कमाएर ल्याउछु भन्ने बाटोमात्र देख्ने र रोज्ने गुरुङ समुदायमा जन्मनुभएका कुलबहादुर गुरुङलाई ब्रिटिस आर्मीमा भर्ती हुन उनको परिवारको ठूलो दबाब थियो । तर नेपालमै बसेर केहि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएर पर्यटन क्षेत्रलाई कर्मथलो बनाउँदै आउनुभएका गुरुङले राजनीतिमा सच्चा र कुशल नेतृत्वको खाँचो रहेको औल्याउनुभयो र आज रुबिभ्याली गाउँपालिका प्रमुखको नेतृत्व लिन तयार हुनुभएको छ । गुरुङले नेपालमै बसेर धेरै कुरा गर्न सकिन्छ, तर मनदेखि दृढताका साथ लागिपर्नुपर्छ भन्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
राजनीतिमा सक्षम र योग्य उम्मेदवारको खाँचो औल्याउँदै राजनीतिमा फड्को मार्नु भएका गुरुङ धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार