ओझेलमा परेको ते¥हथुमको पर्यटकीय स्थल


प्रदेश नम्बर एक मा पर्ने ते¥ह्थुम जिल्ला नेपालको पूर्वि भूभागमा पर्दछ । पूर्वी पहाडी जिल्ला तेह्रथुममा पर्यटकीयस्थलहरु प्रसस्तै रहेका छन् । प्रचारप्रसारको अभावले यहाँको पर्यटकीय स्थलहरुको चिनारी छाँयामा पर्दै आएको छ । भौगोलिक विकता र प्रचारप्रसारको अभावले यहाँका महत्व र पहिचान बोकेका पर्यटकीय स्थलहरु ओझेलमा परेका हुन् ।
जिल्लाको फेदाप गाऊँपालिका रुपमा रहेको ह्यात्रुङ (हात्ती लेङे) झरना तेह्रथुम जिल्लाको प्रमुख चिनारी हो । त्यस्तै बसन्तपुर बजार, छथर, तीनजुरे डाँडा, तेह्रथुम–संखुवासभा–ताप्लिजोङ÷ताप्लेजुङको सीमाको रुपमा रहेको मिल्के–जलजले क्षेत्र, सम्दु देउराली, गुफापोखरी, मेन्छ्यायेम ढाप (तरुनी गुफा), खाम्लालुङ गाउँमा रहेको जुरेडाँडा, लि–ढुंगा (सक्रान्तीबजार जाने बाटोमा पर्छ), मोराहाङको गौखुरी, लसुनेको चियाबारी, कोबेक डाँडा, जोरघुम्ती (हाल जिरी भन्न थालिएको छ), छ–थर थुम, औंसीडाँडा, सदरमुकाम म्योङलुङ (लिम्बुभाषामा बिराले–ढुंगो), हाल म्याङलुङ ।
गुफापोखरीबाट गोर्जा–दोभान झर्ने क्रममा एउटा ढूलो ढुंगे गुफा भेटिन्छ । त्यसलाई नै ‘मेन्छ्यायेम ढाप’ अर्थात् तरुनी गुफा भन्ने गरिन्छ । त्यस्तै हालसम्म नेपालकै अग्लो (३६५ मिटर) मानिएको ह्रयात्रुङ झरना सम्दु र इसिबु गाविसको सीमाको रुपमा रहेको छ । यसको मूल वा पूरै खोलाको नाम भने ‘हिंवा खोला’ हो । तेह्रथुममा प्रसस्तै पर्यटकीयस्थल र सम्पदाहरु रहेको छ । तर, तेह्रथुमको पर्यटनको सम्बन्धमा भन्नु पर्दा दुर्भाग्य भनेको नेपालकै अग्लो (३६५ मिटर) झरना लगायत अनेक पर्यटकीयस्थलहरु छन् ।
भौगोकि विकता र प्रचारप्रसार नहुँदा विदेशी पर्यकट त के आन्तरिक पर्यटक समेत अपेक्षित रुपमा ह्यात्रुङ झरनाको अवलोकन गर्न आउन सकेका छैनन् । आन्तरिक र बाह्य पर्यटनको संभावना बोकेको  ह्यात्रुङ झरना अवलोकन गर्नकै लागि भनी कमैमात्र पर्यटक यो क्षेत्रमा पुगेका छन् । आन्तरिक पर्यटक पनि गाउँकै सेरोफेरोका बाहेक खासै पुग्दैनन् । विगत केही वर्षदेखि नजिकका छिमेकी गाउँका मान्छेहरुचाहिँ ह्यात्रुङ झरनाको अवलोकन गर्न, ह्यात्रुङको तस्बीर खिच्न, ह्यात्रुङ झरनालाई पृष्ठभूमिमा पारेर आफ्नो तस्बीर खिचेर आफन्तहरुलाई उपहार दिने उदेश्यले पर्यटकहरु पुग्ने क्रम केहि बढेको छ । भदौ, असोज र कात्तिक महिनामा आकर्षक र स्पष्ट बहाब देख्न सकिने ह्यात्रुङ झरनालाई ध्यानमा राखी आन्तरिक तथा बाह्य पर्यटनको लागि ह्रयात्रुङ झरना महोत्सव तथा प्रचारप्रसार गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार