चन्दननाथमा पर्यटनमा जोड

जुम्ला, २३ वैशाख । चन्दननाथ नगरपालिकामा ‘प्रमुखका उम्मेदवारसँग नगरवासी’ विषयमा शुक्रबार भएको अन्तक्र्रियामा तीन उम्मेदवारले नगरपालिकालाई हिमाली जिल्लाको नमुना सहर बनाउने, पर्यटकीयस्थलमा केबलकार राख्ने, कृषि क्रान्ति गर्ने जस्ता प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन जुम्लाले आयोजना गरेको बहसमा नगरवासीले प्रमुखका उम्मेदवारलाई तपाईंलाई हाम्रो भोट किन भन्ने प्रश्न राखेका थिए ।
नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष नरेश भण्डारीले नगर र गाउँपालिकाको विकास गर्न प्रमुख÷अध्यक्षले दूरगामी सोच र योजना निर्माण गर्नुपर्ने सुझाउनुभयो । “नेतृत्वको व्यक्तित्व, इच्छा शक्ति र क्षमताले कुनै पनि समाज, क्षेत्र र राष्ट्र कायापलट हुन सक्छ, त्यसका लागि नेतृत्व सिर्जनशील हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार