हेलिप्याड नहुँदा समस्या


सदरमुकाम म्याङलुङमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ । जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान नभएपछि समस्या भएको हो ।  म्याङलुङमा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड सार्वजनिक रुपमै प्रयोग हुँदै आएको छ तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुनेगर्छ ।
आन्तरिक प्रयोजनका लागि मात्रै निर्माण भएको हेलिप्याडमा निजी तथा व्यावसायिक हेलिकप्टर अवतरण गर्न दिन नमिल्ने इन्द्र दल गुल्मका गुल्मपति महेश्वर कार्कीले बताउनुभयो । “जो कोहीलाई हेलिप्याड गर्नै दिन मिल्दैन” उहाँले भन्नुभयोे, “तर यहाँ अर्को हेलिप्याड नहुँदा सार्वजनिक रुपमै प्रयोग गर्नैपर्ने बाध्यता छ, उचित ठाउँ खोजेर निर्माण गरे राम्रो हुने थियो ।”
उहाँले सार्वजनिक रुपमा प्रयोग गर्न सकिने गरी छुट्टै हेलिप्याड निर्माण गर्न म्याङलुङवासीलाई सुझाव दिनुभयो । हेलिप्याड निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन भइसके पनि स्थानीयवासीको अवरोधले निर्माण गर्ने प्रक्रिया अघि बढ्न नसकेको इन्द्र दल गुल्मका गुल्मपति कार्कीले बताउनुभयो । किराँत याक्थुङ चुम्लुङका सचिव तेजमान कन्दङवाले भने समाधिस्थलका रुपमा प्रयोग भइरहेको ठाउँ हेलिप्याडका लागि प्रयोग गर्न नदिइने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार