सगरमाथाको काखमा पुगेर विलाए शेरचन ।

टुरिजमन्युज, बैशाख २३ । कि चढेर आउला, कि मरेर आउला भन्दै सगरमाथा चढ्न हिडेका ८६ बर्षिय मिन बहादुर शेरचनको सगरमाथाको काखमा पुगेर निधन भएको छ । आरोहणका लागी आधारशिविरमा रहेकै बेला एक्कासी बेहोस हुन पुगेका शेरचन शनिबार साझ सदाका लागी विदा भए ।

जेष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी विश्व किर्तिमान कायम गराउन भन्दै उनी बैशाख १३ गते मात्र आधारशिविर पुगेका थिए । समिट नेपाल ट्रेक एण्ड एक्सपीडिसन टोलीमा सहभागी भर्इ आरोहणका लागी आधारशिविर पुगेका उनी चुचुरो चुम्न नपाउदै सदाका लागी विदा भएका हुन ।

यसअघि सन् २०१३ र २०१५ मा आरोहणका लागि गएको भएपनि हिमपहिरो र भुकम्पका आरोहण स्थगित भएपछि त्यसै फर्किएका थिए । २०६५ जेठ १२ मा ७६ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएका थिए । तर पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि अहिले पुनः रेकर्ड कायम गर्न शेरचन सगरमाथा चढ्न लागेका थिए । म्याग्दीको भुरुङ तातोपानीका ८६ बर्षिय शेरचन पुर्व गोरखा सैनिक समेत हुन ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार