जीर्ण बन्दै भोजपुरको पर्यटन सूचना केन्द्र

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको पूर्वाञ्चलको एकमात्र पर्यटन सूचना केन्द्रको भवन जीर्ण बन्दै गएको छ । सदमुकामदेखि ८ किमी दक्षिणमा रहेको टक्सारस्थित पर्यटन सूचनाकेन्दको भवन लथालिङ्ग अवस्थामा रहेको छ ।
देभभरि पाँचवटामात्र सूचना केन्द्रमध्ये पूर्वाञ्चलका १६ जिल्लाका लागि प्रमुख केन्द्रका रुपमा बनेको यो भवन पर्यटन मन्त्रालयले वेवास्ता गरेपछि व्यवारिसे बनेको हो ।
आर्थिक वर्ष ०६९÷७० मा ४९ लाख लागतमा निर्माण गरिएको सूचना केन्द्रमा अहिले चराचुरुङ्गीको वासस्थान मात्र बन्न पुगेको छ । केन्द्रको परिसर झाडीले ढाकेको छ । टक्सार विमानस्थलबाट डेढ किमी उत्तरमा अवस्थित पर्यटन सूचना केन्द्र पर्यटकका लागि उद्गम स्थल मानिन्छ । उक्त भवन संचालनमा आए पर्यटकको आवागमन बढ्ने बढ्ने र टक्सारबासीको आम्दानीमा टेवा पुग्ने स्थानीयहरुको भनाई छ । विमानस्थल नजिकै भएकाले पर्यटको संभावना बोकको हुनाले स्थानीय उत्पादन कृषि सामाग्री, कलात्मक वस्तु बाहिर जाने हुँदा स्थानीयवासीको आर्थिक स्थर बृद्धिमा टेवा पुग्ने टक्सारबासीको भनाइ छ । तर भवन नै अलपत्र अवस्थामा पुगेकाले स्थानीयवासी पनि निराश छन् । सम्बन्धित मन्त्रालयमा पटकपटक निवेदन गरेपनि मन्त्रालयबाटै त्यस्तो ठोस निर्णय नआएपछि सूचना केन्द्रको भवन एक्लो, विरानो र सुनसान लथालिङ्ग अवस्थामा पगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार