हाप्किडो अध्यक्ष मगर सरकारद्धारा सम्मानित


काठमाडौं÷नेपाल मार्शल आर्ट हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर नेपाल सरकारबाट सम्मानित हुनुभएको छ । मगरलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाली खेलकुद विकास र  परिवर्तनमा योगदान पु¥याए बापत आईतबार सम्मान गरेको हो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले अध्यक्ष मगरलाई सिंहदरबार स्थित आफ्नै कार्यालयमा प्रशंसापत्रमार्फत सम्मान गर्नुभएको हो । अध्यक्ष मगरलाई सम्मान गर्दै मन्त्री नायकले नेपाली खेलकुदको सफलताका लागि परिवर्तनको आवश्यक्ता रहेको बताउनुभयो ।

‘नेपाली खेलकुदलाई अघि बढाउन परिवर्तनको आवश्यक्ता छ’, मन्त्री नायकले भन्नुभयो, ‘हामीले चाहेको त्यो परिवर्तन उँहा (अध्यक्ष मगर) जस्ता युवाहरुको मेहनतले सम्भव छ ।’

सम्मान ग्रहण गरेपछि पछि अध्यक्ष मगरले थप प्रोत्साहन मिलेको प्रतिकृया दिनुभयो । ‘नेपालमा खेलकुदको आमुल परिवर्तन आवश्यक छ । विश्व खेलकुदले २१ औं सताप्दीको प्रगतीको अनुभव गरिरहँदा नेपाली खेलकुद पुरानै शैलीमा छ’, अध्यक्ष मगरले भन्नुभयो, ‘हामी नेपाली खेलकुदलाई समय सापेक्ष परिवर्तन गर्न चाहन्छौं । हाम्रो प्रयासमा सरकारले दिएको साथले अझ हौसला बढेको छ ।’

नेपालमा हाप्किडो संघ दर्ता भएको छोटो समयमा नै खेललाई चिनाउन महत्वपूर्ण योगदान दिनुभएका अध्यक्ष मगरलाई हालै दक्षिण कोरियाको सरकार र विश्व तथा दक्षिण कोरिया हाप्किडो संघले समेत सम्मान गरेको थियो । १२ दिनको सेमिनारमा सहभागी हुनुभएका हाप्किडोका अन्तर्राष्ट्रिय खेलाडी मगरलाई विश्व तथा दक्षिण कोरिया हाप्किडो संघले प्लेयर अफ द इयर हल अफ फेममार्फत सम्मान गरेको थियो । विश्व तथा दक्षिण कोरिया हाप्किडो संघले सेमिनारमा सहभागी ९० देशका खेलाडी मध्ये उत्कृष्ट घोषित भएकाले मगरलाई प्लेयर अफ द इयर अल अफ फेममार्फत सम्मानित गरेको हो । मगरले प्राप्त गरेको सो अवार्ड विश्व खेल जगतकै उच्च महत्वको हो ।

सोही अवसरमा अध्यक्ष मगरलाई दक्षिण कोरीयाको सियोल मेट्रोपोलिट्यान्ट सिटीले सम्मान पत्रसहित सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार