करेन्ट लागेर दुईको ज्यान गयो

बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । सोमबार कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका निसीखोला गाउँपालिका घर भएका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको करेन्ट लागेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार भवन निर्माणस्थल नजिकैको रुखमा रहेको कागको गुँड रडले खसाल्न खोज्दा विद्युत्को हाइटेन्सन लाइनमा रड ठोक्कि करेन्ट लागेको हो । मृतक दुवैको शवलाई परीक्षणका लागि धौलागिरि अञ्चल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । मृतक दुवैले केही दिनअघि मात्र टेकिलमको निर्माणाधीन भवनमा काम सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार