भलिबल सुन्दरीकी उपमा पाएकी सिपोरा भन्छिन नेतृत्व गर्नेले पर्यटनलाई ध्यान दिनुपर्छ


पोखरा÷स्थानीय तहको चुनावी रन्को भलिबल सुन्दरीकी उपमा पाउनु भएकी सिपोरा गुरुङलाई पनि लागेको छ । उहाँ यतिबेला चुनावी अभियानमा पोखरामा हुनुहुन्छ । राजनीतिक आस्थाभन्दा पनि राम्रो ब्यक्तिलाई भोट दिएर जिताउनुपर्छ भनेर लागेकी हुँ ।’ उहाँले भन्नुभयो । सामाजिक संजालमा स्टाटस हालेर नेतालाई गाली गर्दैमा परिवर्तन संभव नभएको भन्दै उहाँले युवाहरु राजनीतिमा सहभागी हुनुपर्ने बताउनुभयो ।
उहाँको विचारमा पोखराको नेतृत्व गर्नेले पर्यटनलाई मुख्य ध्यान दिनुपर्छ । ‘पर्यटनलाई ध्यान दिए अर्थतन्त्र आफैं उकासिन्छ,’ उहाँले भन्नुभयो ।, ‘पोखरामा बाह्रै महिना पर्यटक आउने वातावरण बनाउनुपर्छ ।’ त्यसका लागि विज्ञापनमार्फत अन्तराष्ट्रिय बजारमा पोखराको प्रचारप्रसार गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
१३ वर्षको उमेरमै अन्तराष्ट्रि भलिबल खेलेर नेपाललाई पदक दिलाउन सफल गुरुङले खेल क्षेत्रका बारेमा पनि बोल्नुभयो । ‘पोखरा रंगशालाको उचित व्यवस्थापन र खेलकुद प्रतिष्ठान बनाएर खेलाडी उत्पादन गर्ने कार्य गरिनुपर्छ ।’ उहाँले भन्नुभयो अबका मेयर र उपमेयरले खेललाई दोस्रो प्राथमिकतामा राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार