सुडानमा शरणार्थी बालबालिकाको संख्या १० लाखभन्दा बढीः संयुक्त राष्ट्र संघ


एजेन्सी÷ दक्षिणी सुडानमा जारी द्वन्द्वको कारण दश लाख भन्दा बढी बालबालिका आफ्नो देशबाट भागेर छिमेकी देशमा शरणार्थी जीवन बितारहेका छन् । द्वन्द्वको कारण १४ लाख बालबालिका देशभित्र नै घरवारबिहीन भएर शरणार्थी शिविरमा बसिरहेको संयुक्त राष्ट्र संघले सोमबार जानकारी दिएको छ । दक्षिण सुडानबाट भागेर केन्या, इथोपिया, युगान्डामा शरणार्थी जीवन बितारहेका १८ लाख व्यक्तिमा ६२ प्रतिशत बालबालिका रहेको संयुक्त राष्ट्र संघीय बालबालिकाको निकाय युनिसेफ र शरणार्थी निकाय युएनएचसिआरले गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडानमा दुई वर्षपछि नै द्वन्द्व सुरु भएको थियो । त्यहाँका राष्ट्रपति साल्भा किइर र पूर्व उपराष्ट्रपति रिएक मचारका समर्थकबीच द्वन्द्व सुरु भएको थियो । जारी द्वन्द्वमा परी हजाराँैको ज्यान गएको छ । जसमा हजार भन्दा बढी बालबालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार