पर्यटकको आगमन बृद्धि


बुटवल÷नेपालको बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको संख्यामा बृद्धि भएको छ । विगत वर्षको तुलनामा सन् २०१६ मा यस नाकाबाट स्थलमार्ग भएर तेस्रो मुलुकका एक लाख ४७ हजार छ सय आठ पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१५ मा बेलहिया हुँदै एक लाख ४१ हजार दुई सय ४२ पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय भैरहवाले जनाएको छ ।
यस बर्ष गत वर्ष बुकिङ रद्द गरेका पर्यटकसहित अरु पर्यटक थपिएका छन् । खासगरी चिनियाँ पर्यटकलाई जनवरीदेखि नेपाल सरकारले फ्रि भिसा सुविधा दिएका कारण पमर्यटकको संख्यामा वृद्धि भएको हो । बेलहियाहुँदै सन् २०१६ मा सबैभन्दा बढी श्रीलंकाका ५८ हजार ६१ पर्यटक नेपाल आएका थिए । अघिल्लो वर्ष ४३ हजार दुई सय ५२ श्रीलंकाका पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिएका थिए ।
थाईल्याण्डका पर्यटक २९ हजार सात सय ५१, म्यान्मारका २७ हजार दुई सय ८७, चीनका पाँच हजार १००, दक्षिण कोरियाका चार हजार छ सय एक, भियतनामका तीन हजार आठ सय ४१, अमेरीकाका एक हजार नौ सय ५९, बेलायतका एक हजार पाँच सय एक, अष्ट्रेलियाका एक हजार चार सय १८, नेदरल्यान्डका एक हजार दुई सय २५, मलेसियाका नौ सय ५७, जर्मनीका नौ सय ६९, जापानका नौ सय ९४, स्पेनका नौ सय ३३ पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०१६ को मार्चमा सबैभन्दा बढी २४ हजार दुई सय ३६ पर्यटक बेलहिया नाकाहुँदै नेपाल भित्रिएका थिए । सरकारले सार्क मुलुकसहित चिनियाँ पर्यटकका लागि पहिलो पटक नेपाल भ्रमण गर्दा एक महिनाका लागि निःशुल्क प्रवेशाज्ञा दिने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार