जापानमा शक्तिशाली भूकम्प


एजेन्सी÷जापानको दक्षिणी भागमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट मानवीय क्षति भने नभएको बताइएको छ । भूकम्पको कारण सुृनामी आउनसक्ने संभवनाको चेतावनी भने तत्काल दिइएको छैन ।

दक्षिणी ओकिनावानमा अवस्थित मियाको द्विपको १० किलोमिटर गहिराईमा ६.० रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जानकारी दिएको छ ।
भूकम्पको कारण समूद्रंको स्तरमा केही परिवर्तन आएको तर सुनामीको कुनै खतरा नरहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ । जापानमा सन् २०११ को मार्च ११ मा समुद्र सतह तल केन्द्रविन्दु भई आएको करिब ९ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १८ हजार ५०० व्यक्ति मारिनुको साथै वेपक्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार