राजनीतिमा कहिल्यै पनि बुढो हुदैन : मेयर पदका आंकाक्षी शेर्पा ।

राजनीतिक संघर्षबाट कहिल्यै नथाक्नु भएका आङ दामी शेर्पा पंञ्चायत कालदेखि नेतृत्वमा हुनुहुन्छ । २०३९ र २०५४ सालको स्थानिय निकायको चुनावमा विजयी भएर जनताको सेवा गर्नुभएका शेर्पाले हालैको स्थानिय तहको चुनावमा पनि आंकाक्षा देखाउनुभएको छ । ८ बर्षसम्म रेडक्रस सभापति, केन्द्रिय सदस्य, १९४७ देखि हालसम्म सल्लेरी च्याल्सा विधुत कम्पनीका अध्यक्ष पदका हुनुहुन्छ । बृद्धबृद्धाहरुको मन जित्न सफल र युवा पुस्ताको अनुकरणीय व्यत्तिका रुपमा बहालार्इ लिने गरेको पार्इन्छ । राजनीतिक र सामाजिक कार्यमा संलग्न रहदै आउनुभएका शेर्पासग टुरिजमन्युज अनलार्इन डट.कमले गरेको कुराकानी :

सोलदुधकुण्ड नगरपालिकाको मेयर पदका लागी तपार्इको र्इच्छा किन ?

नगरपालिकाको मेयरमा उठ्न खोजेको कारण के भन्दा खेरी सवैभन्दा पहिलो मलार्इ जनताहरुको तर्फबाट उठ्नुपर्छ भन्ने हौसला आयो । १९ बर्षसम्म स्थानिय निकायको चुनाव नहुदा जनताहरुले सारै नै दुख पाए । । हामीले कुनै पनि विकास कार्यमा जनताको तर्फबाट काम गर्न सकेनौं । जसले गर्दा देशको आर्थिक स्थिती डामाडोल हुन पुग्यो । त्यही कारण नगरपालिकाको विकासका लागी पद्धति बसाउन मैले मेयर पदका लागी र्इच्छाएको हुँ ।

नेकपा एमाले सोलुखुम्बुले अहिलेसम्म उम्मेद्धारको टुङो लगाउन सकेको छैन । पार्टीभित्र पनि मेयर पदका लागी धेरैले र्इच्छाएको देखिन्छ । तपार्इले नै टिकट पाउछ भन्नेमा के ग्यारेन्टी छ ?

जातियताको हिसावले, योग्यता र अनुभवको हिसावले पनि मैले टिकट पाउछु । नेकपा एमालेले वडा कमिटीबाट गाउ कमिटी गाउ कमिटीबाट जिल्ला कमिटी र जिल्ला कमिटीबाट ठोस निर्णयका लागी प्रदेश कमिटीमा सिफारिस पठाएको छ । पहिलो सभ्भावना मेरो छ । मेरो एक नम्बरमा नै नाम छ । म ठोकुवाका साथ भन्न सक्छु ।

अहिलेका लागि मनको लड्डु घ्युसग खाए जस्तो मात्र हो । टिकट पाउने कुरा त अनिश्चित नै छ ? यदि तपार्इले भन्नु भए जस्तै भएन भने ।

अलिकति राजनीतिक पृष्ठभुमिको कुरा गरौं, २०२८ सालमा अनेरास्ववियुको अञ्चल सभापति हुदै पञ्चांयत कालका चुनावहरु लडेको छु । बहुदलीय र निर्दलीय व्यबस्था भएकै बेला पनि २०३९ र २०५४ का चुनावहरुमा बहुमत प्राप्त गरी विजयी भएको र्इतिहास छ । त्यस यता स्थानिय चुनावहरु नभएको र अझै पनि जनताको विश्वास म माथि रहेकाले पार्टीले निस्फिक्री नमानी मलार्इ टिकट दिनेमा म विश्वस्त छु ।

अर्को कुरा उमेरले पनि निकै पाको हुनुहन्छ । बुढेसकालमा के रहर भन्ने कुराहरु पनि बाहिर आर्इरहेका छन । विपक्षिले यसै विषयलार्इ लिएर तपार्इको मत लैजाला भन्ने डर लाग्दैन ?

म अहिले ७२ बर्षमा छु । राजनीतिमा कहिल्यै पनि बुढो हुदैन । मेयर पदमा त के हो र यो ठुलो कुरो होर्इन । मानिसमा हिम्मत चाहिन्छ, आँट चाहिन्छ, आत्माबल चाहिन्छ । अनि मात्र काम गर्न सकिन्छ । त्यहा चाँही भारी बोक्नुपर्ने होर्इन, दिमाग लगाएर जनतालार्इ टेवा पुर्याउन सक्यौं भने त्यही हो राजनीतिक सफलता । म बुढो भएको छुर्इन, शरीर बुढो देखिए पनि मेरो आत्माबल बुढो भएको छैन । म अझ पनि २०, ३० बर्षसम्म बचेर देशको लागी केही सेवा गर्नुपर्छ र पार्टीको उत्थान गर्नुपर्छ भन्ने मेरो धारणा छ । अर्को कुरा विपक्षिबाट विरोध आउला भनेर मैले अमेरिका प्रबेश कार्ड पिआर त्यागेको छु । सम्पुर्ण प्रक्रिया पुरा भएर मलार्इ एमविसीले पत्र पठार्इसकेको छ । त्यो मैले पार्टी कार्यालयमा पनि पेश गरेको छु ।

सोलुदुधकुण्ड नगरपालिकामा प्राय सवै पार्टीले शेर्पा समुदायका उम्मेद्धारहरु उठाउने चर्चा सुनिन्छ । यदि सवै पार्टीका उम्मेद्धार शेर्पा समुदायका नै भए भने त्यसले तपार्इलार्इ केही असर गर्छ की गर्दैन ?

मलार्इ जहासम्म लाग्छ, एकिकृत माओबादी, कांग्रेस, एमाले, राप्रपाले पनि शेर्पा उम्मेद्धारहरु बनाउन सक्छ । किन भन्नुहुन्छ भने नगरपालिका क्षेत्रमा ६३ प्रतिशत भन्दा बढी शेर्पा समुदायको बसोबास छ । राजनीतिक कार्यकर्ता किसिम – किसिमका छन । यो संसदीय व्यबस्था जस्तो चुनाव होर्इन । यो स्थानिय निकायको चुनाव भएको हुनाले जस्ले काम गर्छ जो सक्षम छ जसले जनताको भलार्इ काम गर्छ त्यस्ता व्यतिले छान्ने भएकाले मलार्इ घमण्ड छ, मैले सदरमुकाममा १५ बर्षसम्म काम गरेको अनुभवले मलार्इ नै मेरा प्यारा मतदाताहरुले मलार्इ सम्झेर भोट दिन्छ भन्ने मलार्इ घमण्ड छ ।

तपार्इलार्इ भोट किन दिने । के कारणले अरु भन्दा आफु योग्य भएको ठान्नुहुन्छ ?

प्रचारप्रसार त्यति गरिरहनु पर्दैन जस्तो मलार्इ लाग्छ । किन भने मेरो पहिचान छ, मेरो जनमत छ, मैले १५ बर्षसम्म सदरमुकाममा बस्दा खेरि गाउमा परी आएका समस्याहरुलार्इ समाधान गर्दै कुनै पनि आर्थिक प्रलोभनमा नफसी अहिलेसम्म एउटै पार्टीमा बसेर जनताको सेवा गर्दै आएको छु । यदि मैले नगरपालिकाको मेयर पदका जिते भने मेरो धेरै लक्ष्यहरु छन् । मलार्इ पैसाको प्रलोभन छैन, बाकी रहेको शेषमा लक्ष्य राखेर जनतालार्इ परी आएको समस्याहरु समाधान गर्ने, ठाउ ठाउमा स्कुलहरु बनाउने, खानेपानी, सडक विस्तार गर्ने योजना छ । हामी ५ बर्षको अबधिमा प्रणाली र पद्धती बसालेर काम गर्छौ । नगरपालिकाभित्रका पर्यटकीय स्थलहरुको स्तरोन्नती गर्ने रातनाङे डाडा, पिके डाडा, झाप्रे, पत्ताले, केरुङको सिगांने डाडा लगायतका ठाउहरुमा ट्रेकिङ रुटहरु बनाउने मेरो लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार