मृगौला पिडितलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग

झापा÷दुवै मिर्गौलाले काम गर्न छाडेर थलिएका झापाको भद्रपुर नगरपालिका–८ निवासी प्रमिन कोइरालालाई अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । कोइरालाको उपचारका लागि भद्रपुर घर भई हाल अस्ट्रेलिया बस्दै आएका नेपालीले एक लाख ३७ हजार आर्थिक सहयोग गरेको हो । विगत १० वर्षयता मिर्गौला रोगबाट पीडित ३३ वर्षीय कोइरालालाई रमेश पोखरेलको अगुवाइमा उक्त रकम संकलन गरेर उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार